Websoft University

www.radiomakalu.com || 021-522512


न्याय पाए न्यायाधीशले


न्याय पाए न्यायाधीशले
जनकपुरधाम,  जेठ ३१ गते । सर्वोच्च अदालतको फैसलाबाट पुनर्बहाली हुनुभएका उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीर सिंह बस्न्यातले उच्च अदालत जनकपुरमा मंगलबार पदभार सम्हाल्नुभएको छ । उच्च अदालत जनकपुरमा पदभार सम्हाल्न आउनुभएका मुख्य न्यायाधीश बस्न्यात निकै हर्षित मुद्रामा देखिनुभएको थियो ।
मुख्य न्यायाधीश बस्न्यातद्वारा दिइएको रिटमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले उमेरको हदबन्दी लगाउँदै अवकाश दिने निर्णय गर्नुभएको थियो । सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले प्रधानन्यायाधीश कार्कीको निर्णयलाई बदर गर्दै बस्न्यातलाई मुख्य न्यायाधीशका रूपमा हाजिर गराउने आदेश दिएको थियो ।
०७३ पुस १ मा कार्कीले अवकाश दिएपछि बस्न्यात सर्वोच्च जानुभएको थियो । आफ्नो वास्तविक उमेरभन्दा ४ महिना बढी देखाएर कार्कीले आफ्नो एकल निर्णयद्वारा अवकाश दिने निर्णय गरेको भन्दै उहाँ सर्वोच्च जानुभएको हो । मंगलबार पदभार सम्हालेपछि अदालतमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सर्वाेच्चबाट आफ्नो पक्षमा आएको फैसलाले सत्यको विजय भएको प्रतिक्रिया दिनुभयो । उहाँले यसबाट विधिको शासन स्थापित भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्चको यो आदेशले सत्यलाई जिताएको छ । यस आदेशले न्याय सबैका लागि समान हुन्छ भन्ने प्रमाणित गरेको छ।'
पूर्वप्रधानन्यायाधीश कार्कीले प्रतिशोधको भावनाबाट गैरकानुनी रूपमा आफूलाई पदबाट अवकाश दिएको आरोप लगाउँदै मुख्य न्यायाधीश बस्न्यातले सर्वोच्चको नयाँ नेतृत्वले सबैलाई समान व्यवहार गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । ‘प्रशासन चलाउने अनुभव नरहेकी पूर्वप्रधानन्यायाधीश कार्कीले कानुनविपरीत एकल निर्णय गरी आफूलाई अवकाश दिएर समाप्त पार्ने षड्यन्त्र गरेकी थिइन्', उहाँले भन्नुभयो । ०७३ असोज १२ गते उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशका रूपमा बहाली हुनुभएका बस्न्यात मंगलबारदेखि पुनः साविकको पदमा निरन्तरता हुनुभएको छ ।- अन्नपूर्ण बाट , मनिका झा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget