Websoft University

www.radiomakalu.com || 021-522512


एपीएल अब एसियन क्लब प्रतियोगिता, नेपालमा हुने पक्का

एपीएल अब एसियन क्लब प्रतियोगिता, नेपालमा हुने पक्का
              यू-१९ टोलीको तयारीमा असर नपर्ने, टोली ६ दिनअघि नै भारत जाने


घोषण भएकै दिनबाट विवादमा तानिएको एसियन प्रिमियर लिग (एपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिता अब एसियन क्लब प्रतियोगिताको रूपमा हुने भएको छ । मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रतियोगिता आयोजक भारत चण्डिगढको अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टबीच भएको छलफलपछि एपीएललाई क्लब प्रतियोगिताका रूपमा आयोजना गर्ने सहमति भएको हो ।
यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अनुमतिबिना एपीएल आयोजना गर्न लागेको सार्वजनिक भएसँगै त्यसको विरोध भएको थियो । नेपालमा प्रतियोगिता आयोजनाको जिम्मेवारी दिएको राखेपले पनि आफूले एपीएल नभई एसियन क्लब प्रतियोगिताका लागि अनुमति दिएको सोमबार दाबी गरेको थियो ।
राखेप र अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टबीच आसन्न यू-१९ विश्वकपको छनोटको तयारीमा रहेको नेपाली टोली प्रतियोगिताअघि नै वैदेशिक प्रशिक्षणका लागि भारत पठाउने सहमति भएको छ । साथै प्रतियोगिता आयोजनाका कारण नेपाली यू-१९ टोलीको तयारीमा असर पार्ने ६ दिनको खर्च अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले बेहोर्ने भएको छ ।
'हामीले आज भएको छलफलमा अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टलाई सहमतिअनुसार काम गर्न भनेका छौं । उनीहरू ब्यानरसहित सबैमा क्लब प्रतियोगिता लेख्न सहमत भएका छन्', राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने, 'साथै प्रतियोगिताका कारण नेपाली यू-१९ टोलीको विश्वकप छनोट तयारीमा असर नपरोस् भनेर ६ दिनअघि नै दिल्ली पठाउने सहमति भएको छ । त्यो ६ दिनको सम्पूर्ण खर्च उनीहरूले नै बेहोर्ने भएका छन् ।' सदस्यसचिव विष्टका अनुसार अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले नेपाली खेलाडीलाई त्यो ६ दिन 'थ्री स्टार' होटलमा राख्नेछ ।
'नेपाली टोली यसै पनि तयारीका लागि भारत जाँर्द थियो', सदस्यसचिव विष्टले भने, 'उनीहरू अब ६ दिनअघि नै जाने भएका छन् । हामीले उनीहरूलाई फाइभ स्टार होटलमै राख्नुपर्छ भनेका छौं । तर, उनीहरूले थ्री स्टारसम्मको होटलमा राख्छौं भनेका छन् । यसले नेपाली खेलाडीको तयारी अझ राम्रो हुने अपेक्षा गरेका छौं।'
आगामी जुन १९ देखि जुलाई ४ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, यूएई र अफगानिस्तानको एकएक क्लबले सहभागिता जनाउँदैछन् । नेपाल स्टोर्म नाम दिइएको नेपाली टोलीमा पाँच नेपाली खेलाडी छन् ।
आफ्नै देशमा आयोजना हुने प्रतियोगितामा नेपाली खेलाडीले खेल्न नपाउने भएपछि नेपाली क्रिकेट खेलाडी संघ (सिपान)ले भने विज्ञप्तिमार्फत असन्तुष्टि जनाएको थियो । यद्यपि यो प्रतियोगितामा अक्सनमार्फत छानिएका पाँचभन्दा बढी नेपाली खेलाडीले नखेल्ने भएका छन् । मंगलबारको छलफलमा राखेपले नेपाली खेलाडी थप्ने व्यवस्था गर्न आग्रह गरेको थियो । तर, अल्टिमेट स्पोर्टस् म्यानेजमेन्टले अब नेपाली खेलाडी थप्न नसक्ने जनाएको सदस्यसचिव विष्टले जानकारी दिए ।-अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget