Websoft University

www.radiomakalu.com || 021-522512


नेपाली फुटबल टोली भारत प्रस्थान

नेपाली फुटबल टोली भारत प्रस्थान

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार भारत प्रस्थान गरेको छ । नेपालले मंगलबार भारतको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ । मुम्बईको अन्धेरी स्पोटर्स स्टेडियममा खेलिने मैत्रीपूर्ण खेलमा लागि नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतुकी कोजीले यसअघि नै २० सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् ।
एक महिला तयारी गरेको नेपाली टोलीले भारतसँग उत्कृष्ट खेल खेल्ने लक्ष्य राखेको प्रशिक्षक कोजीले बताए । नेपालले भारतको अनुरोधमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । भारत अहिले एसिया कपको तयारीमा छ । नेपाली टोली पनि अहिले सन् २०१९ मा आयोजना हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताको तयारीमा रहेको छ ।
मैत्रीपूर्ण खेल नेपाल र भारत दुवैका लागि गल्ती सुधार गर्ने अवसर भएको प्रशिक्षक कोजीले बताए । एसिया कप छनोट अन्तर्गत नेपालले यही जेड ३० गते हल्चोकस्थित एपीएफ क्लबको मैदानमा यमनसँग प्रतिस्पर्धा गर्दैछ । एसिया कप छनोट खेलमा नेपाल समूह एफमा छ । समूहमा नेपालसहित फिलिपिन्स, यमन र ताजकिस्तान छन् । नेपालले समूह चरणको पहिलो खेल फिलिपिन्ससँग उसैको मैदानमा गत चैत २५ गते खेलेको थियो । उक्त खेलमा नेपाल फिलिपिन्ससँग ४-१ गोलले पराजित भएको थियो । नेपालले फिलिपिन्ससँग अर्को खेल आगामी नोभेम्बरमा घरेलु मैदानमा खेल्नेछ ।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget