Websoft University

www.radiomakalu.com || 021-522512


देउवाको पक्षमा दुई तिहाइ !


देउवाको पक्षमा दुई तिहाइ !
संसद भवनमा अाइतबार बसेकाे तीन दल बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर :अशाेक दुलाल

काठमाडौं,  जेठ २२ गते ।   प्रधानमन्त्री पदका एकल उम्मेदवार कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा झन्डै दुई तिहाइ सांसदले समर्थन गरेका छन् । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरम नेपालले देउवालाई सघाउने औपचारिक निर्णय गरेका छन् भने राष्ट्रिय जनता पार्टी पनि देउवालाई साथ दिने निष्कर्षमा पुगेको छ ।
राप्रपाका ३६ र फोरम नेपालका १५ र राजपाका २४ सांसदले पनि देउवाकै पक्षमा मतदान गर्ने भएका हुन् । यद्यपि, राजपाले भने सोमबार मात्रै औपचारिक निर्णय गर्ने जनाएको छ । देउवाको पक्षमा यसअघि नै कांग्रेसका २०७, माओवादीका ८१, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक स्वतन्त्र सांसदको समर्थन छ । फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद देखिएका छन् ।
संसद्मा ५९३ सांसद छन् । बहुमतको सरकार बनाउन २९८ जनाको समर्थन चाहिन्छ । देउवाको विपक्षमा एमालेका १८१ सहित १९२ सांसद छन् । मजदुर किसान पार्टीलगायत अन्य ८ सांसदले देउवालाई समर्थन गर्ने÷नगर्नेबारे निर्णय गरिसकेका छैनन् । राप्रपा संसदीय दलको आइतबार बसेको बैठकले कांग्रेस सभापतिको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारलाई समर्थन गर्ने निर्णय लिएको प्रवक्ता सुशील श्रेष्ठले जानकारी दिनुभयो । सरकारलाई समर्थन गरे पनि सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय गर्न जयन्त चन्द, दिलनाथ गिरी र कुन्ती शाही सदस्य रहेको समिति गठन गरिएको पनि उहाँले बताउनुभयो ।

राप्रपाका ३६ र फोरम नेपालका १५ र राजपाका २४ सांसदले पनि सघाउने जनाएपछि देउवाको पक्षमा झन्डै दुई तिहाइ पुग्ने भएको छ ।
यसअघि देउवाले राप्रपाका शीर्ष नेताहरूसँग भेट गरी चारवटा मन्त्रालय दिने जानकारी गराएको बताइएको छ । चार मन्त्रालय दिए पनि देउवाले उपप्रधानमन्त्री भने दिन नसक्ने बताएपछि नयाँ सरकारलाई समर्थन गर्ने÷नगर्ने भन्नेबारे राप्रपामा विवाद भएको थियो । आइतबार बिहान पार्टी कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समिति, पदाधिकारी तथा सांसदको बैठकले नयाँ प्रधानमन्त्री चयनको पक्ष वा विपक्षमा मतदान गर्ने निर्णय लिन संसदीय दललाई जिम्मेवारी दिएको थियो ।
त्यसैगरी, संघीय समाजवादी फोरम नेपालको संसदीय दलले पनि प्रधानमन्त्री निर्वाचनमा प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । फोरम नेपालको संसदीय दलका नेता अशोक राईको अध्यक्षमा आइतबार बसेको बैठकले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको सचेतक डा. शिवजी यादवले जानकारी दिनुभयो । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री निर्वाचनपछि संविधान संशोधन गरी मधेसी, आदिवासी-जनजाति, थारूलगायतको माग सम्बोधन गर्ने लिखित प्रतिबद्धता जनाएपछि फोरमले सघाउने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सम्बोधन गर्दै देउवाले संघीय समाजवादी फोरम नेपाललाई पठाएको पत्रमा भनिएको छ, ‘स्थानीय तहको प्रथम चरणको निर्वाचन भइसकेको अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरण निर्वाचन गरी संविधान संशोधनलगायत राजनीतिक दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय एजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु ।'
संविधान संशोधन फोरम नेपालको मुख्य एजेन्डा भएको जनाउँदै पार्टी अध्यक्ष यादवले प्रतिकूल परिस्थितिमा स्थानीय तहको चुनावलाई पनि संघर्षको कार्यदिशा बनाएर अघि बढेको प्रतिक्रिया दिनुभयो । कांग्रेस सभापति देउवाले संविधान संशोधन लागि लिखित रूपमै प्रतिबद्धता जनाएपछि पक्षमा मतदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।-अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget