Websoft University

www.radiomakalu.com || 021-522512


२८ वर्षमा २५ जना प्रधानमन्त्री

२८ वर्षमा २५ जना प्रधानमन्त्री

तस्बिरमा २०६२/६३ देखिका प्रधानमन्त्रीहरु


काठमाडौं, जेठ २४ गते ।  ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनायता अहिलेसम्म देशले २५ जना प्रधानमन्त्री पाएको छ । ती प्रधानमन्त्रीमध्ये कसैले पनि पूरै कार्यकाल पाँच वर्ष काम गर्न पाएनन् ।नेपालको ४० औं प्रधानमन्त्रीको रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार निर्वाचित हुनुभएको छ । उहाँ ०४६ सालपछि चौथो पटक प्रधानमन्त्री हुनुहुने शौभाग्यशाली नेता हुनुहुन्छ । संसद्बाट ३८८ मतसहित देउवा प्रधानमन्त्री चयन हुनुभएको हो ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १० महिना मात्र प्रधानमन्त्रीको कुर्सीमा रहनुभयो । उहाँले जेठ १० गते संसद्बाट नभई पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गर्नुभयो । नेपालमा प्रधानमन्त्रीको पद सन् १७९९ मा सुरु भएको मानिएको छ । मूलकाजी दामोदर पाण्डेले राजा रणबहादुर शाहको अनुपस्थितिमा मूलकाजी भई सशक्त एकलौटी शासन चलाएका थिए । दामोदरको मृत्युपश्चात् भीमसेन थापा मुख्तियार पदमा नियुक्त भएका थिए । उनी पछिका सबै प्रधानमन्त्रीलाई मुख्तियार भनियो । प्राइम मिनिस्टर (प्रधानमन्त्री) भनी सम्बोधन गरिएका तथा पहिलो पटक प्रधानमन्त्रीको श्रीपेच लगाउने माथवरसिंह थापा हुन् । उनलाई नै नेपालको आधिकारिक प्रधानमन्त्री मानिने इतिहासविद् दिनेशराज पन्त बताउनुहुन्छ ।
०४६ पछि प्रधानमन्त्री हुनेको लामै फेहरिस्त छ । लोकन्द्रबहादुर चन्द ०४६ चैत २४ देखि ०४७ वैशाख ६ गतेसम्म प्रधानमन्त्री हुनुभयो । उहाँलाई राजा वीरेन्द्र वीरविक्रम शाहले नियुक्त गर्नुभएको थियो । त्यसपछि अन्तरिम प्रधानमन्त्रीका रूपमा कांग्रेसका कृष्णप्रसाद भट्टराई ०४७ देखि ०४८ सम्म जम्मा एक वर्ष मात्र कुर्सीमा रहनुभयो । त्यसपछि कांग्रेसका गिरिजाप्रसाद कोइराला निर्वाचित प्रधानमन्त्रीको रूपमा ०४८ देखि ०५१ सम्म तीन वर्ष कुर्सीमा आसीन हुनुभयो । ०५१ देखि ०५२ सालसम्म एमालेका मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो । कांग्रेसका शेरबहादुर देउवा ०५२ देखि ०५३ सालसम्म प्रधानमन्त्री बन्नुभयो । त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर चन्द ०५३ सालदेखि ०५४ सम्म २०९ दिन मात्रै प्रधानमन्त्री बन्नुभयो । राप्रपाका सूर्यबहादुर थापा ०५४ देखि ०५५ सालसम्म १९० दिन प्रधानमन्त्री बन्नुभयो ।
कांग्रेसका गिरिजाप्रसाद कोइराला ०५५ देखि ०५६ सालसम्म ४११ दिन प्रधानमन्त्री बन्नुभयो । त्यसपछि कांग्रेसकै कृष्णप्रसाद भट्टराई ०५६ सालमा २९६ दिन प्रधानमन्त्री बन्नुभयो । कांग्रेसका गिरिजाप्रसाद ०५६ देखि ०५८ सालसम्म ४९१ दिन प्रधानमन्त्री बन्नुभयो । कांग्रेसका शेरबहादुर देउवा ०५८ देखि ०५९ सालसम्म ३३५ दिन प्रधानमन्त्री बन्नुभयो । उहाँले संसद् विघटनको घोषणा गर्नुभएसँगै तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिनुभयो । त्यसपछि राप्रपाका लोकेन्द्रबहादुर ०५९ देखि ०६० सालसम्म २३७ दिन प्रधानमन्त्री बन्न पुग्नुभयो । उहाँलाई पनि अपदस्थ गरी राजा ज्ञानेन्द्रले सूर्यबहादुरलाई प्रधानमन्त्री बनाउनुभयो । उहाँ ०६० देखि ०६१ सालसम्म २६४ दिन प्रधानमन्त्री बन्नुभयो ।
त्यसपछि कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा ०६१ देखि ०६२ सालसम्म जम्मा २४३ दिन प्रधानमन्त्री बन्नुभयो । उहाँलाई निर्वाचन गराउन नसकेको आरोपमा अक्षम प्रधानमन्त्रीको दर्जा दिँदै राजा ज्ञानेन्द्रबाटै बर्खास्त गरियो । त्यसपछि शासनसत्ता राजा ज्ञानेन्द्र शाहले आफ्नै हातमा लिनुभयो । ०६२ देखि ०६३ सालसम्म जम्मा ४४८ दिन शाहले शासनसत्ता सम्हाल्नुभयो ।
देशमा जनआन्दोलनमार्फत ०५६ सालको प्रतिनिधिसभा पुनःस्थापना भएपछि ०६३ देखि ०६५ सालसम्म गिरिजाप्रसाद ७६४ दिन प्रधानमन्त्री बन्नुभयो ।
त्यसपछि देशमा संविधानसभा निर्वाचन भयो र संविधानसभा निर्वाचनबाट पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल बन्नुभयो । दाहाल ०६५ देखि ०६६ सालसम्म २८० दिनसम्म प्रधामन्त्री बन्नुभयो । त्यसपछि एमालेका माधवकुमार नेपाल ०६६ देखि ०६७ सालसम्म ६२२ दिन प्रधानमन्त्री बन्नुभयो । ०६७ देखि ०६८ सालसम्म २०४ दिन एमालेका झलनाथ खनाल प्रधानमन्त्री बन्नुभयो । त्यस्तै, ०६८ देखि ०६९ सालसम्म ५६३ दिन नेकपा माओवादीका डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्नुभयो । भट्टराई पहिलो संविधानसभा विघटन गर्ने प्रधानमन्त्री हुनुहुन्छ ।
देउवालाई निर्वाचन गराउन नसकेको आरोपमा अक्षम प्रधानमन्त्रीको दर्जा दिँदै राजा ज्ञानेन्द्रबाटै बर्खास्त गरियो ।
सर्वाेच्च अदालतका बहालवाला न्यायाधीशलाई पनि देशले प्रधानमन्त्रीको रुपमा स्वीकार गर्‍यो । तत्कालीन प्रधानन्यायाधिश खिलराज रेग्मी ०६९ देखि ०७० सालसम्म प्रधानमन्त्री बन्नुभयो । ०७० सालमा देशमा दोस्रो पटक संविधानसभा निर्वाचन भयो । निर्वाचनबाट प्रमुख पार्टीको रूपमा कांग्रेस संसद्मा देखा पर्‍यो । कांग्रेस सभापति सुशील कोइराला ०७० सालमा प्रधानमन्त्री बन्नुभयो । ०७२ साल १९ साउनमा एमालेका केपी शर्मा ओली प्रधानमन्त्री हुनुभयो । उहाँपछि ०७३ साल साउन २० मा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुभयो ।
०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि लोकेन्द्रबहादुर चन्द तीन पटक, शेरबहादुर देउवा चार पटक, कृष्णप्रसाद भट्टराई दुई पटक, गिरिजाप्रसाद कोइराला चार पटक र सूर्यबहादुर थापा दुई पटक प्रधानमन्त्री बन्नुभयो । राजनीतिशास्त्रका प्राध्यापक डा. लोकराज बराल विगतमा एउटै पार्टीको पूर्ण बहुमत हुँदा पनि पाँच वर्षसम्म सरकार टिक्न नसक्नुमा आफ्नै पार्टीको असहयोग र असहिष्णु व्यवहार मुख्य जिम्मेवार रहेको बताउनुहुन्छ ।
पाँच वर्ष बहुमत प्राप्त दलले राम्रा नीति र कार्यक्रम ल्याएर शासन गरे देशको विकास अघि बढ्ने र राजनीतिक संस्कार पनि बस्न सक्थ्यो तर त्यो सम्भावना नै अब नदेखिएको उहाँ बताउनुहुन्छ । ‘लोकतन्त्रवादी भन्ने दलले बलियो सरकार गठन गरेर देशको आर्थिक विकासका साथै राजनीतिलाई नेतृत्व दिन सकेनन् त्यो हाम्रा लागि दुःखद हो', उहाँले भन्नुभयो ।- अन्नपूर्ण बाट , गोविन्द लुइँटेल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget