Websoft University

www.radiomakalu.com || 021-522512


राप्रपा सरकारमा जाने पक्का, कमल थापालाई गच्छदार टाउको दुखाई !





काठमाडौं, जेठ २३गते। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागि हुने पक्कापक्की भएको छ । तर, कांग्रेसले ४ मन्त्रालय दिन सहमति जनाएपनि उपप्रधानमन्त्री दिन भने अझैं सहमति नजनाएको छलफलमा सहभागि नेताहरुले जनाएका छन् । राप्रपाले उपप्रधानमन्त्री पाउनु पर्ने माग राख्दै आएको छ ।

‘राप्रपा संसदको चौथो ठूलो शक्ति भएकाले देउवा सरकारमा सम्मानजनक भूमिका खोज्नु नाजायज हुँदैन’, एक नेताले रातोपाटीसँग भने, ‘हामीले खोजेको प्रचण्ड नेतृत्वको सरकारमा हुँदाखेरीको जत्तिकै भूमिका हो ।’
भागबण्डाकै विषयमा सोमबार राती कांग्रेस माओवादी र राप्रपाका नेताहरुबीच त्रिपक्षीय छलफल समेत भएको बताइएको । उक्त छलफलमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले ४ ओटा मन्त्रालय दिन सकिने बताएपनि उपप्रधानमन्त्री भने दिन नसकिने बताएका थिए ।
तर राप्रपाका नेताहरुले भने देउवालाई राप्रपाको साँच्चैको सहयोग चाहिएको भए सम्मानजनक भूमिका दिइनुपर्ने धारणा राखेका थिए । कांग्रेसका तर्फबाट विमलेन्द्र निधि, ज्ञानेन्द्र बहादुर कार्की, माओवादीका तर्फबाट कृष्ण बहादुर महरा र वर्षमान पुन र राप्रपाका तर्फबाट जयन्त चन्द, दिलनाथ गिरी र कुन्ती शाही सम्मिलिन उक्त बैठकमा राप्रपाले उपप्रधानमन्त्री दिइनुपर्ने जोड गरेपछि त्यसबारेमा पुन छलफल गरेर टुंगो लगाउने समझदारी बनेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री चयन भएपछि पुन नेताहरु बसेर अन्तिम टुंगो लगाउने तयारी भएको छ ।

कांग्रेसका एक नेताका अनुसार राप्रपाले प्रचण्ड सरकारमा सम्हालेको मन्त्रालयनै माग गरेको छ । तर ति मध्ये सबै मन्त्रालय अहिले फेरि राप्रपालाई दिन कठीन रहेको बुझिएको छ ।
उपप्रम नपाएपछि सरकारमा जाने भने पक्काराप्रपा स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक समस्या मिलाउन उपप्रम नै नपाएपछि पार्टी सरकारमा जानेछ । पार्टीभित्र पूर्व राप्रपा समूह जसरी पनि सरकारमा जानुपर्ने अडानमा मात्रै रहेको छैन कमल थापाले दायाँबायाँ गरे पार्टीमा भूकम्प आउन सक्ने चेतावनी दिइसकेको छ । यही कारण कमल थापा उपप्रम नपाए सरकारमा जाने छैनन् तर उपप्रम उनले नपाए दीपक बोहरा या सुनील थापाको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीभित्र छलफल चलिरहेको राप्रपा स्रोतको भनाई छ । राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले पार्टीले सरकारमा सम्मानजक भूमिका खोजेको भन्दै तर त्यो नै निश्चित नभइसकेकाले को र कसको नेतृत्वमा सरकारमा जाने भन्नेमा टुंगो लागिनसकेको बताए । उनले मन्त्रालयको विषयमा पनि कुनै टुंगो नलागेको बताए । विवादका बीच राप्रपाले शुक्रबार देउवालाई प्रधानमन्त्रीमा सघाउने निर्णय गरेको थियो ।
राप्रपाका नेता तथा पूर्वमन्त्री दिलनाथ गिरीले पार्टीले देउवाको समर्थन गर्ने निर्णय गरेको भएपनि सरकारमा सहभागिता हुनेबारेमा भने टुंगो नलागेको तर निरन्तर छलफल भने भइरहेको बताए । राप्रपाले मन्त्रालयलगायतका विषयमा कांग्रेससँग वार्ता गरेर उनीसँगै जयन्त चन्द र कुन्ती शाहीलाई जिम्मेवारी दिएको थियो ।

गच्छदार उपप्रम, राप्रपालाई आनाकानीप्रचण्ड नेतृत्वको सरकारमा अन्तिम समयमा उपप्रधानमन्त्रीसहित सहभागि भएका कमल थापा सुशीला कार्कीलाई महाभियोग लगाइएसँगै नाटकिय रुपमा बाहिरिए । उनी सर्वोच्चले महाभियोग अघि नबढाउन भन्दै आदेश दिएपछि पुन सरकारमा जान खोजेपछि पाएनन् बरु फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सरकारमा कमल थापाकै हैसियतमा लिइयो ।
अहिले देउवा नेतृत्वको सरकारमा सहभागि हुँदा पनि गच्छदारले पहिलेकै हैसियतामा सहभागिता जनाउनेछन् । तर, गच्छदार भन्दा ठूलो पार्टी राप्रपा र कमल थापालागि उपप्रधानमन्त्री प्रतिष्ठाको विषय भएको नेताहरु बताउँछन् ।
यसैबीच राप्रपाबाट देउवा सरकारमा जानेहरु अधिकांश पुरानै अनुहार रहने सम्भावना रहेको छ । यसअघि राप्रपाबाट कमल थापासहित विक्रम पाण्डे, दीपक बोहरा र दीलनाथ गिरी रहेका थिए । उपप्रधानमन्त्री नपाए कमल थापा सरकारमा जाने छैनन् ।- रातोपाटी बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget