Websoft University

www.radiomakalu.com || 021-522512


२२ वर्षीय छोरा गाउँपालिका प्रमुख उम्मेदवार, बाबु वडा अध्यक्ष उम्मेदवार

२२ वर्षीय छोरा गाउँपालिका प्रमुख उम्मेदवार, बाबु वडा अध्यक्ष उम्मेदवार

खोटाङ, जेठ २३ गते ।  काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनी सोचेभन्दा बढी मत ल्याएकी २१ वर्षीया रञ्जुले चर्चा बटुलिरहँदा उता बुढाहरूको पार्टी भनेर चिनिएको राप्रपाबाट भने २२ बर्षे युवा राज बस्नेत गाउपालिका प्रमुखको उम्मेदवार बनेका छन। बस्नेतले खोटाङको लामीडाँडा गाउँपालिकाको लागि राप्रपाको तर्फबाट प्रमुखको पदमा उम्मेद्वारी घोषणा गरेका हुन्।
राप्रपा निकट विद्यार्थी सङ्गठनका महासचिव समेत रहेका बस्नेत पार्टी भित्र सिर्जनशील युवा नेताका रूपमा परिचित छन । २२ बर्षीय उम्मेदवार बस्नेतले युवा शसक्तिकरण र रोजगारीका योजना अघि सारेका छन् । कृषि सुधारका थुप्रै योजनालाई पनि उनले आफ्ना चुनावी एजेण्डा बनाएका छन् ।
गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका २२ बर्षीय बस्नेतका बाबु चन्द्र सिंह बस्नेतले भने सोही गाउँपालिकाको वडा नं ४ मा वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।-अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget