Websoft University

www.radiomakalu.com || 021-522512


डेढ साता सर्‍यो कर्पोरेट ब्याडमिन्टन


डेढ साता सर्‍यो कर्पोरेट ब्याडमिन्टन
अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण असार १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा यसअघि असार ६ देखि १० गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा हुने भनिएको प्रतियोगिताको खेलस्थल र समय परिवर्तन गरिएको हो । प्राविधिक कारणले प्रतियोगिता केही पर सारिएको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिए । नयाँ तालिकाअनुसार प्रतियोगिता हल्चोकस्थित एपीएफको कभर्डहलमा हुनेछ । सहभागी खेलाडीले जेठ २६ गतेसम्म फारम भर्न सक्नेछन् ।
प्रतियोगितालाई विगतको तुलनामा सहभागिता र स्वरूपका दृष्टिले थप बृहत् बनाइनेछ । विगतमा सफलतापूर्वक तीनवटा संस्करण पूरा गरेको प्रतियोगितालाई यसपटकदेखि अन्तर्राष्ट्रिय स्वरूपमा सञ्चालन गर्न लागिएको हो । काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडीसँगै देशभरबाट छनोट भएर आएका विजेता र उपविजेता खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अन्नपूर्ण पोस्ट्को आयोजनामा यसअघि धनगढीमा वैशाख ९ देखि ११ गतेसम्म, नेपालगन्ज र बुटवलमा वैशाख १७ देखि १९ गतेसम्म, पोखरामा वैशाख २१ देखि २३ गतेसम्म र इटहरीमा वैशाख २६ देखि २८ गतेसम्म खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको थियो । ती क्षेत्रबाट छनोट भएका विजेता र उपविजेता खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला र पुरुष डबल्स खुला स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । यी स्पर्धामा वरीयता प्राप्त चर्चित राष्ट्रिय खेलाडीले समेत प्रतिस्पर्धा गर्नेछन् ।
कुल ६ स्पर्धा रहेको प्रतियोगितामा कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धा पनि समावेश गरिएको छ । कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीको सहभागिता रहनेछ । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिनेछ।
प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्नेछ । अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउन काठमाडौं बाहिरबाट छनोट भई आउने खेलाडीका लागि यातायातको व्यवस्थासमेत आयोजकले गर्नेछ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एपीवान एचडी टेलिभिजनबाट गरिनेछ ।अन्नपूर्ण  बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget