Websoft University

www.radiomakalu.com || 021-522512


राजनीतिक दल सम्बन्धी ऐन संशोधन बिधेयक संसदमा प्रस्तुत


राजनीतिक दल सम्बन्धी ऐन संशोधन बिधेयक संसदमा प्रस्तुत
काठमाडौ, जेठ २८ गते ।  राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन सहज बनाउन सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन बिधेयक व्यवस्थापिका संसदमा प्रस्तुत गरेको छ ।
सो ऐनको दफा १०,उपदफा ७ लाई संशोधन गर्ने बिधेयकलाई आइतवार नै व्यवस्थापिका संसदले पारित गर्नेछ । गृहमन्त्री जनाद्र्धन शर्माले बिधेयक संसदमा प्रस्तुत गर्नु भएको हो ।
मन्त्रिपरिषदले आइतवार नै ६ वटा दल मिलेर बनेको राजपालाई एउटा चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिन सहज बनाउन ऐन संशोधन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको सोही निर्णय अनुसार व्यवस्थापिका संसदमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ संशोधन बिधेयक प्रस्तुत गरिएको हो ।

ऐन संशोधनमा यस्तो प्रावधान राखिदैछ । ‘यो दफा प्रारम्भ हुनु अघि नाम,झण्डा वा चिन्ह तोकिइसकेका,कुनै दल,निर्वाचन मिति घोषणा भएपछि यस दफा बमोजिम एकीकरण भएमा वा गाभिएमा त्यस्तो दलले एकिकरण वा गाभिनु अघि साविकको दल कायम रहदा प्रयोग गरेको कुनै नाम तथा झण्डा र सो दलले प्रयोग गरेका एक वा एक भन्दा बढी चिन्ह वा मतपत्रमा रहेका चिन्ह मध्ये आयोगले निर्धारण गरेको अन्य चिन्ह उप दफाको १ बमोजिम सम्झौताको अधिनमा रही प्रयोग गर्नु पर्नेछ ।’- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget