Websoft University

www.radiomakalu.com || 021-522512


चुनावलाई अबैध घोषित गरी राजपा आन्दोलनमा


चुनावलाई अबैध घोषित गरी राजपा आन्दोलनमा
काठमाडौ, जेठ २८ गते ।  राष्ट्रिय जनता पार्टीले आगामी असार १४ गते हुने स्थानीय तहको चुनावलाई अवैध घोषणा गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीको आइतवार काठमाडौमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो ।

सो पार्टीका नेता महन्थ ठाकुरले पत्रकार सम्मेलनमा भन्नुभयो ‘यो निर्वाचनलाई अवैधानिक घोषित गर्ने गरी हाम्रा कार्यक्रमहरु अगाडि बढनेछन । तपाईहरुले दुई तीन दिनको आन्दोलनबाट नै सरकार निर्वाचनबाट पछाडि हटेको सरकारकै आधिकारिक सूचनाबाट जानकारी पाउनुहुन्छ ।’
पत्रकार सम्मेलनमा राजपाका ६ जना शिर्ष नेता सहभागी हुनुहुन्थ्यो ।

चुनाव विर्थोल्ने गरी घोषित कार्यक्रम अनुसार जेठ २९ गते प्रत्येक जिल्ला सदरमुकाम लगायतका स्थानमा मसाल जुलुस प्रदर्शन गर्ने,जेठ ३० र ३१ गते,असार १ र २ गते चार दिन मधेश,थरुहट र लिम्बुवानमा आमहडताल गर्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी जेठ ३० र ३१ गते प्रत्येक गाउपालिका,नगरपालिका, महानगरपालिका केन्द्रित रहेर चुनाव अवरुद्ध गर्न माइकिङ गर्ने कार्यक्रम तय गरिएको छ । त्यसैगरी असार १ गते प्रत्येक चोक,रौराहा र हाटबजारमा बिरोध प्रदर्शन गर्ने,असार २ गते गाउपालिका,नगरपालिका र महानगरपालिकाका निर्वाचन सम्बन्धी कार्यालयमा तालावन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने कार्यक्रम छ ।

यसैगरी असार ३ र ४ गते सहिदहरुको सम्मानमा तस्वीरहरु प्रदर्शन गर्ने,असार ५ गते सबै जिल्ला सदरमकाम लाठी जुलुस प्रदर्शन गर्ने, असार ६ गतेदेखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रमहरु अवरुद्ध गर्ने कार्यक्रम घोषणा गरिएको छ । यसैगरी असार ८ गते सबै जिल्ला सदरमुकाम मोटरसाइकल रयाली गर्ने, असार ९ गते जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, र असार १० गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म आमहडताल गर्ने कार्यक्रम राजपाले सार्वजनिक गरेको छ ।- अन्नपूर्ण  बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget