Websoft University

www.radiomakalu.com || 021-522512


तराई मधेशमा पनि एमाले पहिलो पार्टी हुने ओलीको दावी


तराई मधेशमा पनि एमाले पहिलो पार्टी हुने ओलीको दावी
नेपालगन्ज,जेठ २८ गते ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विरुद्धको षडयन्त्रलाई प्रतिरोध गरेर तराई मधेशमा पनि पार्टीलाई पहिलो बनाउने दावी गर्नु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्षले ओलीले त्यस्तो दावी गर्नु भएको हो ।
ओलीले तराई मधेशमा एमाले बडारिन्छ भन्नेहरु आफै समाप्त हुने पनि बताउनु भयो । उहाँले एमालेलाई पराजित गरेर देशलाई कमजोर पार्न चाहनेहरु नै एमाले तराई मधेशमा बडारिन्छ भन्ने भ्रम फैलाइरहेकोको पनि बताउनुभयो ।
उहाँले शान्ति ,सदभाव र राष्ट्रिय स्वाभिमान चाहने तराई मधेशका जनताले एमालेलाई भोट दिने बताउनु भयो । अध्यक्ष ओलीले मुलुकमा सदभाव कायम गर्ने,विकास समृद्ध गर्ने पार्टी एमाले मात्रै भएको दाबी गर्नु भयो । उहाँले एमालेलाई घेराबन्दी पारेर कमजोर गराउने षडयन्त्र सफल नहुने बताउनु भयो
उहाँले पहिलो चरणको निर्वाचनमा एमाले पहिलो शक्ति भएपछि अतालिएर गनिसक्न लाग्दा २÷४ वटा मतपत्र च्यातेर तमासा गरेको बताउनु भयो ।
उहाँले असार १४ गते निर्वाचन सार्ने कुरा कुनै हालत स्वीकार्य नहुने बताउनु भयो । अध्यक्ष वली निर्वाचन अघि स्थानीय तहको सख्यामा कुनै थपघट नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘ठुक्क हुनु होस ,असार १४ को मिति सर्दैन, स्थानिय तहको सख्यामा पनि थपघट हुदैन । ’
उहाँले उम्मेदवार नपाएर असन्तुष्ट रहेको कार्यकर्तालाई एकताबद्ध भई निर्वाचनमा होमिन निर्देशन दिनु भयो । ‘असन्तुष्ट भए निर्वाचनपछि सच्याउला तर अहिले साना तिनी कुरामा तपाईहरु नअल्झिनु होला’अध्यक्ष ओलीले भन्नु भयो ।
उहाँले नेपालगन्जको मेयरको उम्मेदवारमा समसुद्धिन सिद्धिकी र र उपमयेरमा शान्ती ढकालको नाम घोषणा गर्नु भएको छ । समसुद्धिन सिद्धिकी २०५४ सालको स्थानिय निर्वाचनमा एमालेका तर्फ उपमयेर हुनुहुन्थ्यो ।- अन्नपूर्ण बाट , सुरेन्द्र काफ्ले

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget