Websoft University

www.radiomakalu.com || 021-522512


एथ्लेटिको मड्रिडबिरुद्धको ट्रान्सफर प्रतिबन्ध यथावत्, यो सिजन खेलाडी किनबेच गर्न नपाउने



१८ बर्षभन्दा कम उमेरका खेलाडी अनुबन्ध गरेको आरोपमा स्पेनिस क्लव एथ्लेटिको मड्रिडबिरुद्ध खेलाडी ट्रान्सफरमा लगाएको प्रतिबन्ध कोर्ट अफ आर्विटेसन फर स्पोर्टसले कायमै राख्ने फैसला गरेको छ ।


कासले सन् २०१६ को जनवरीमा कम उमेरका खेलाडी अनुबन्ध गरेको आरोपमा एथ्लेटिको बिरुद्ध दुई सिजन खेलाडी ट्रान्सफरमा प्रतिबन्धको फैसदला सुनाएको थियो ।

एथ्लेटिकोले आफ्नो बिज्ञप्तिमा भनेको छ कि ‘यो फैसला अनुचित छ र यो हाम्रो क्लवको अपुरणीय क्षतिको कारक बन्न सक्छ ।’

गत डिसेम्बरमा अर्को स्पेनिस क्लव रियल मड्रिडले यस्तै प्रकारको प्रतिबन्ध निर्णयप्रति अपील गर्दा उसको सजाय आधा भन्दा कममा झारिएको थियो ।

एथ्लेटिकोले भनेको छ कि यो निर्णयले क्लवबीच तुलनात्मक नोक्सान र भेदभावपूर्ण व्यवहार देखाएको छ । प्रतिस्पर्धी क्लव रियलले यसै सिजनको जुलाई १ देखि सुरु हुने ट्रान्सफर मार्केटमा सहभागी हुन पाउनेछ ।

क्यासले एथ्लेटिकोलाई यसअघि लगाएको जरिवाना भने अहिले घटाएको छ । ९ लाख स्वीस फ्र्यांकबाट घटाएर अहिले ५ लाख ५० हजार स्वीस फ्र्यांक तोकिएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलअघि एथ्लेटिकोले भनेको थियो कि उ आफ्नो वर्तमान टिमसँग निक्कै सहमत छ । र एथ्लेटिको यस सिजन च्यामिपयन्स लिगमा सेमिफाइनलबाट अघि बढ्न सकेन भने ला लिगामा पनि रियल र बार्सिलोनाभन्दा पछि परेको थियो ।

एथ्लेटिकोका स्टार एन्टोइन् गि्रजम्यान यसै सिजनदेखि इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेड जाने तयारीमा छन् ।

आफ्नो अनुसन्धानमा एथ्लेटिकोले सन् २००७ देखि २०१४ को बीचमा भएका प्रतियोगिताहरुमा १८ बर्षभन्दा कम उमेरका खेलाडी समावेश गरेको पुष्टि भएको फिफाले बताएको छ । त्यस्तै रियलले २००५ देखि २०१४ को बीचमा यस्तो गरेको पनि फिफाले बताएको छ ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले दुवै क्लवलाई २०१६ मा समान सजाय सुनाएको थियो । फिफाको दुवै क्लवले गत बर्ष कासमा पुनराबेदन गरेकाले गत सिजनको खेलाडी ट्रान्सफरमा सहभागी भएका थिए ।

कासको फैसला बुधबार नै हुनुपर्ने थियो । तर बिहीबारसम्मका लागि ढिला भएको थियो । यसबारेमा पनि एथ्लेटिकोले प्रतिक्रिया दिँदै सम्मानमा कमी भएको बताएको छ ।

एथ्लेटिकोले आगामी जनवरी १ देखि हुने ट्रान्सफर सिजनमा सहभागी हुन पाउनेछ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget