Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्ड प्रश्नले घेरिएर बालुवाटार भित्रिए,जवाफ दिएर बाहिरिए



प्रचण्ड प्रश्नले घेरिएर बालुवाटार भित्रिए,जवाफ दिएर बाहिरिए
काठमाडौ, जेठ १८ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो सचिवालयमा काम गर्नेहरुलाई बिहिबार बधाइ दिएर विदाई गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री निर्वाचन गर्न व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्तीलाई पत्र पठाए लगत्तै प्रधानमन्त्री प्रचण्डले सिंहदरवार र बालुवाटारको सचिवालयमा रहेर आफूलाई सहयोग गर्नेहरुलाई बधाई दिएर विदाई गर्नु भएको हो ।

‘प्रधानमन्त्री पदमा निर्वाचित भएर बालुवाटार आउँदा मैले जति बधाई पाएको थिए,त्योभन्दा बढी बधाई अहिले बालुवाटार छोडदा पाइरहेको छु’प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । आफूलाई सत्ता पक्षको एउटा हिस्सा,प्रमुख प्रतिपक्ष र राष्ट्रपति भण्डारीले पनि प्रधानमन्त्री पद नत्याग्न सुझाव दिएको पनि उहाँले जानकारी गराउनुभयो । 

‘सरकार गठन हुने वेलामा हामी माथि प्रश्न थिए । फाष्ट ट्रयाक के हुन्छ ? हुलार्की मार्ग के हुन्छ ? ओविओर के हुन्छ ? भन्ने प्रश्नको कामद्धारा जवाफ दिइएको छ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ‘स्थानीय तह कि स्थानीय निकाय भन्नेमा विवाद थियो । काँग्रेस र एमाले स्थानीय निकायको चुनाव गराउन चाहन्थे,हामीले स्थानीय तहको पहिलो चरणको निर्वाचन गरायौ ।’

सुशासन र विकासलाई गति दिएर मानक स्थापित गरिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘काँग्रेससँगको गठबन्धन राम्रो हुँदैन कि ? राष्ट्रियताको मामिलामा के हुन्छ ? भन्ने प्रश्न पार्टी भित्रैबाट उठेको थियो ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।
१० महिना अघि एमालेसँगको गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काँग्रेससँग गठबन्धन बनाएर प्रधानमन्त्री हुनु भएको थियो ।- अन्नपूर्ण बाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget