Websoft University

www.radiomakalu.com || 021-522512


गुणकारी अमलाका ६ फाईदा



अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ । अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाको समस्याबाट दूर राख्छ । यसका अलावा अमलाको अन्य धेरै फाइदाहरु छन् ।

१. कपाल टुक्रनबाट रोक्छ ।अमला कपालको लागि अति नै फाईदाजनक छ । अमलाले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ भने टुक्रनबाट पनि रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले अति नै राम्रो गर्छ । यसले ९० प्रतिशत कपाल टुक्रनबाट रोक्छ ।


२. आँखाको ज्योति बढाउँछअमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाईदा गर्छ ।

३. रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछअमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु हुन्छ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले शरिरको सेल बढाउँछ र स्फुर्त राख्छ । अझ महिलामा देखा पर्ने विभिन्न शारिरीक समस्याबाट मुक्त राख्न अमलाले विषेश भूमिका खेल्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढा राख्छ । रक्त सञ्चालन गराउँछ र मुटु सम्वन्धी रोग लाग्नबाट पनि बचाउँछ ।

४. डायविटिज रोगीको लागि अति उपयोगीअमलाले ब्लड सुगर नियन्त्रण गर्छ । डाक्टरले समेत डायविटिजको विरामीलाई अमला खान सल्लाह दिन्छन् । अमलालाई मुर्रबा, जुस, अचार जे बनाएर पनि खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरिरमा तागत दिन्छ । यसमा फाईबर हुन्छ जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ । अमला खाँदा कब्जीयत, अपच डाइरिया जस्ता समस्याहरु हटेर जान्छ ।

५. शरिरको विषालु पदार्थ निकाल्छअमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाव सम्वन्धी समस्या हटाएर जान्छ । त्यसैगरी अमलाले अनावश्यक नुन, एसिडलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ । जसको कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान्छ । कोही कोही मानिस उमेरै नपुगी बुढो देखिन्छ । यदि यस्तो हो भने अमलाको सेवन गर्दा राम्रो हुन्छ । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपना देखाउँदैन ।

६ . अनिद्रा हटाउँछअमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ ।- रातोपाटी बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget