Websoft University

www.radiomakalu.com || 021-522512


राजपासँग छलफल गर्दै प्रधानमन्त्री देउवा

राजपासँग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं, जेठ २७ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्ट रहेको राष्ट्रिय जनता पार्टीलाई छलफलका लागि सिंहदरबारमा बोलाउनुभएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित हुने बैठकमा संविधान संशोधन र दोस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल हुने भएको छ ।
साढे ११ बजे डाकिएको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राजपाका अध्यक्ष मण्डलका नेताबीच छलफल हुने भएको हो ।
राजपा नेताहरुले आफ्ना माग पूरा नभई चुनावमा नजाने अडान लिदैँ आएका छन् भने प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन गर्न गर्न सक्ने अवस्था नरहेको र र चुनावपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत विश्वासमा लिएर संविधान संशोधन पारित गराएरै छाड्ने विश्वास दिलाउनुभएको छ ।
देउवाले राजपालाई चुनावमा सहभागी गराउन उसले राखेका अधिकांश माग सम्बोधन गरिने बताउँदै आउनुभएको छ । सरकारले राजपालाई चुनावमा सहभागी गराउन स्थानीय तह निर्वाचन ऐन समेत संशोधन गरिसकेको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget