Websoft University

www.radiomakalu.com || 021-522512


महानगरका प्रतिनिधिले लिए शपथ


महानगरका प्रतिनिधिले लिए शपथ

                                     वृद्धवृद्धालाई वार्षिक १२ हजार भत्ता

काठमाडौं,  जेठ १८ गते  ।   काठमाडौं महानगरपालिकाले आफ्ना वडा अन्तर्गतका वृद्धवृद्धालाई वार्षिक १२ हजार रुपैंया भत्ता दिने भएको छ । महानगरपालिकाको नगरप्रमुख, उपप्रमुखसँगै ३२ वडाका वडा अध्यक्ष र सदस्यहरुले सपथ खाएसँगै बुधबार बसेको नगर कार्यपालिकाको प्रथम वैठकले सर्वसम्मत रुपमा उक्त निर्णय पारित गरेको हो । महानगरपालिकाका नव नियुक्त प्रमुख विद्यासुन्दर शाक्यसँगै ३२ वडा अध्यक्षले राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिशबाट सपथ खानुभएको थियो ।
पहिलो वैठकले गरेको निर्णय अनुसार ८० वर्ष उमेर पुरा भएका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिला बरिष्ठ जेष्ठ नागरिकहरुलाई महानगरपालिकाले आन्तरिक बजेट बाटै वार्षिक १२ हजार बजेट दिन लागेको जानकारी नगर प्रमुख शाक्यले दिनुभयो । उहाँले जेष्ठ नागरिकलाई घर दैलोमै दक्ष चिकित्सक टोली पठाएर स्वास्थ्य परिक्षण तत्काल थालिने बताउनुभयो ।
काठमाडौं नगरवासी धुँवा, धुलो र प्रदुषणबाट प्रताडित रहेका बेला बिहिबारबाटै ‘ क्लिन द सीटी' अर्थात सहर सफाई अभियान सुरु गरिने भएको छ । बिहिबार विहान ६ बजे चक्रपथस्थित गंगालाल हृदयरोग केन्द्रको उत्तरबाट सफाई गरिने भएको छ । ‘ अब सडक मात्रै होइन, सडकको पेटी पनि बडारिन्छ, बालुवा र धुलोको कण पनि छाडिंदैन, शाक्यले भन्नुहुन्छ,‘ सहर सफा गर्ने सबैको परिकल्पना हो, हाम्रो काम सबैले महशुस गर्ने खालको हुन्छ ।' महानगरपालिका भित्र उत्पादन हुने फोहोर सुर्यादय अगावै विसर्जन र व्यवस्थापनको काम तत्काल थालिने जानकारी वैठकले दिएको छ ।
महानगरको पहिलो निर्णय
. जेष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता
. सहर सफा गर्न क्लिन द सिटी अभियान सुरु
. सेवा प्रवाह चुस्त र भ्रष्टाचार शुन्यसहनशीलता
. भवन निर्माण ईजाजत दस्तुरमा सतप्रतिशत छुट
. सरकारी कामकाजमा नेपाली र नेपाल भाषाको प्रयोग
. सांस्कृतिक, धार्मिक एवं पर्यटकीय क्षेत्रमा फ्रि वाईफाई
. महानगरपालिका र वडा कार्यालय निर्माण
. सार्वजनिक शौचालय निर्माण
. २४ सै घण्टा काठमाडौं सहर खुला गर्न पूर्वाधार निर्माण
स्थनीय निकायलाई भ्रष्टाचार शुन्यसहनशिलता कायम राख्नु आफ्नो मुख्य एजेन्डा रहेको जनाउँदै शाक्यले महानगरपालिकाका सबै वडा कार्यालय र सम्पूर्ण विभागबाट प्रभाव हुने सेवा छिटो, छरितो, प्रभावकारी र पारदर्शी बनाउँदै जफावदेही र असल शासन अभ्यास आरम्भ गरिने उल्लेख गर्नुभयो । २०७२ वैशाख १२ को भूकम्पबाट पीडित महानगरवासीहरुका निजी आवासीय प्रयोजनका घर निर्माण गर्दा निशुल्क परामर्श र भवन निर्माण ईजाजत दस्तुरमा सतप्रतिशत छुट सुविधा उपलब्ध गराउने निर्णय वैठकले गरेको छ ।
महानगरपालिकाको सरकारी कामकाजेको भाषको रुपमा नेपाली र नेपाल भाषाको प्रयोग गरिने, नेपाल भाषका विज्ञ दोभाषेको समेत व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने प्रबन्ध गरिने जानकारी दिएको छ । संयुक्त राष्ट्र संघमा नेपालको पहिचानका रुपमा सूचिकृत भएको रञ्जना लिपीलाई समेत महानगरपालिकाको सबै कार्यालयको बोर्ड र लेटरप्याडमा प्रयोग गरिने भएको छ । नगरप्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्र अवस्थित ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्र, महत्वपूर्ण सार्र्वजनिक स्थल र पार्कहरुमा ‘ फ्रि वाईफाई जोन' को व्यवस्था गरिने जानकारी दिनुभयो ।
विनाशकारी भूकम्पबाट थिलोथिलो बनेको बागदरबार स्थित महानगरपालिकाको साविकको भवन निर्माण कार्य तत्काल सुरु गरिने बताउँदै शाक्यले भन्नुहुन्छ,‘ पहिला बागदरबार बनाउन सुरु गर्छौं, यसका लागि अन्य निकायसँग समन्वय गर्छौं र अधिकांश वडा कार्यालय भवन सञ्चालनका लागि भवन निर्माणमा प्राथमिकता अगाडी बढाउँछौं।' काठमाडौं महानगर क्षेत्रमा संभावित स्थान पहिचान गरि आवश्यक संख्यामा सार्वजनिक शौचालय निर्माय तत्कालन थालिने र महानगरपालिकालाई २४ सै घण्टा खुला जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधारहरुको विकास एवं निर्माण कार्य थालिने जानकारी शाक्यले दिनुभयो ।
शाक्यले हिजोको सहर र भोलीको सहर कस्तो हुन्छ भन्नेबारे सबैले महशुस हुनेगरि हेर्न लायकको सहरको रुपमा विकास गर्नेगरि काम थालिने बताउनुभयो । राष्ट्रिय सभागृहमा सपथ खाएपछि नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षले पदबहाली गर्नुभएको थियो । पदबहालीपछि नगरप्रमुख, उपप्रमुख लैनचौरस्थित सहिद स्मारक, शान्तिबाटिका रत्नपार्क, मंगलादेवी पार्क शोभाभगवती, पुष्पलाल स्मृति पार्क चम्पादेवी, मदन भण्डारी शालिक बल्खु, कुमारी घर बसन्तपुर गई आदर्श व्यक्ति तथा संस्कृतिको सम्मान तथा सम्झना गर्दै मार्गदिर्नेशन अनुसार अगाडी बढ्ने प्रण गर्नुभएको थियो ।- अन्नपूर्ण बाट ,सुवास गोतामे

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget