Websoft University

www.radiomakalu.com || 021-522512


मस्तिष्कको कार्य क्षमता एवं स्मरण शक्ति बढाउन के खाने ?



मानव मस्तिष्क एक शक्तिशाली मशीन जस्तै हुन्छ, जसले सोंच, इन्दि्रय र गतिलाई नियन्त्रण गर्छ । यसमा धेरै मात्रामा तस्विर, शब्द, घटना आदि संग्रहित हुन्छ । शरीर सुतेको बेला समेत मस्तिष्क सक्रिय हुन्छ ।


भोजनको प्रभाव शरीरमा पर्छ । त्यसैगरी हामी जे खान्छौ त्यसको असर मस्तिष्कको क्रियाशीलता, स्मरण र तार्किक क्षमतामा पनि पर्छ । मस्तिष्कका लागि यस्तो भोजनको आवश्यक्ता हुन्छ, जसले यसको क्रियाशिलता बढाउँछ ।

सामन्यतय अन्य कामका साथै हामी आफ्नो मस्तिष्कलाई पनि काममा लगाइराख्छौ ।

कतिपय चरणमा हाम्रो मस्तिष्कलाई सुधारको आवश्यक हुन्छ । र, यस्तो तरिका पनि निश्चित रुपको हुन्छ, जसको सहयोगले मस्तिष्कको क्षमता बढाउन सकिन्छ । मस्तिष्कको स्मृति विकास र सुधारको लागि पोषक तत्वको आवश्यक हुन्छ ।

ओखर ओमेगा

फ्याटी एसिडले मस्तिष्कलाई सुरक्षा गर्छ । ओमेगा ३ ले धमिनीलाई स्वच्छ राख्छ र रक्तप्रवाह बढाउँछ । यसको प्रभाव मस्तिष्कमा पनि पर्छ, जसले क्रियासिल र स्वस्थ्य बनाउँछ । ओखर ओमेगा ३ को सबैभन्दा राम्रो स्रोत हो ।

गंगटा

कतिले गंगटा खान घिन मान्छन् । तर, कतिपय स्थानमा गंगटा खोजी-खोजी खाइन्छ । गंगटामा एमिनो एसिड फिनाइलेलाइन पाइन्छ, जसले मस्तिष्कलाई पोषण दिन्छ । केहि माछामा यस्तो तत्व पाइन्छ तर गंगाटा यसको सबैभन्दा राम्रो स्रोत हो ।

फापर

यसले प्राकृतिक रुपमा तपाईको स्वभावलाई शान्त तुल्याउँछ । साथै यो म्याग्नेशियमको राम्रो स्रोत हो । यसको सेवनले मस्तिष्कको कार्य-क्षमता बढ्छ ।

चना

चना म्यानेसियमको एकदमै राम्रो स्रोत हो । म्याग्नेसियमले मस्तिष्कको कोशिकामा सन्देशलाई संचार तिब्र गर्न लाभदायक हुन्छ । यसले रक्तको धमनीलाई आरम दिन पनि उपयोगी हुन्छ ।

एभोकाडो

एभोकाडो मोनोअनस्यचुरेटेड वोसो, ओमेगा घ, ओमेगा ट फ्याटी एसिडको स्रोत हो । यसले तपाईको मस्तिष्कमा रक्त संचार बृद्धि गर्न, कोलेस्ट्रोल क मगर्न र एन्डिअक्सिडेन्ट ग्रहण गर्नमा सहयोग गर्छ । एभोकाडोमा एक एन्टिअक्सिडेन्ट हुन्छ, जसले मस्तिष्कलाई पि|m रेडिकलबाट हुने क्षतिबाट जोगाउँछ । यो पोटोसियम र भिटामिन केको पनि राम्रो स्रोत हो ।

चिप्ले भिन्डी

तरकारीको रुपमा प्रयोग हुने चिप्ले भिन्डी पनि मस्तिष्कको शक्ति बढाउन निकै उ

माछा खानुहोस्

माछामा ओमेगा-३ फ्याट हुन्छ, जो मस्तिष्कका लागि उत्तम मानिन्छ । साथै माछामा मस्तिष्कका लागि आवश्यक तत्व ईपीऐ र डी एच ऐ पाइन्छ ।

अन्न

शरीरको अन्य अंग जस्तै मस्तिष्कलाई कार्य गर्नका लागि शक्तिको आवश्यक हुन्छ । अन्नले मस्तिष्कको यो आवश्यक्ता पुरा गर्छ ।

गोलभेडा

गोलभेडामा शक्तिशाली एन्टिअक्सिडेन्ट लायकोपेन पाइन्छ, जसले अल्जाइमर जस्ता रोगबाट बचाउँछ ।

ब्लुबेरी

ब्लुबेरी सेवन पनि मस्तिष्कका लागि आवश्यक हुन्छ । यसले एकाग्रता बढाउन सहयोग गर्छ ।

भिटामिन

भिटामिन बि, बि-१२, बि-६ आदि अल्जाइमर र स्ट्रोक जस्ता रोगबाट मुक्त दिलाउँछ । साथै भिटामिन सियुक्त भोजन लिनुपर्छ । यसले स्मरणशक्ति बढाउँछ ।

ब्रोकाउली

ब्रोकाउलीको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्छ । साथै तार्किक क्षमता बढाउनका लागि पनि यो राम्रो स्रोत हो ।

ज्वानो

मसलाको रुपमा प्रयोग हुने ज्वानो पनि मस्तिष्कको स्वस्थ्यका लागि आवश्यक हुन्छ ।
पयोगी हुन्छ ।- अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget