Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति ट्रम्प इजरायलमा


राष्ट्रपति ट्रम्प इजरायलमा
इजरायल । मध्यपूर्वी राष्ट्रहरुकोे औपचारिक भ्रमणका क्रममा रहनु भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनको भ्रमण गर्दै हुनुहन्छ । साउदी अरबको दुइदिने औपचारिक भ्रमणका क्रममा मुसलमान नेताहरुलाई सम्बोधन गर्नु भएका राष्ट्रपति ट्रम्पले अब इजरायल र प्यालेस्टाइनको भ्रमण गर्न लाग्नु भएको हो ।



राजधानी रियादमा उहाँको सम्मानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नु हँुदै इस्लाम धर्मालम्बीको सबै भन्दा पवित्र भूमिमा उभिई उहाँले विश्वभरीका मुसलमान समुदाय एक जुट भई आतङ्कवादविरुद्ध लडी यसलाई परास्त गर्न आह्वान गर्नु भएको थियो ।

इजरालय र प्यालेस्टाइनमा हुन गइगइरहेको यस अमेरिकी राष्ट्रपतिको भ्रमणको लागि त्यहाँको सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सोमबार र प्यालेस्टाइनी नेता महमुद अब्बाससँग मङ्गलबार भेटवार्ता गर्नलाग्नु भएको स्रोतले जानकारी दिएको छ ।

सो भेटवार्ताको क्रममा ट्रम्प यी दुबै नेताहरुलाई शान्ति सम्झौताको विषयमा जोड दिने स्रोतले जानकारी दिएको छ । दुबै पक्ष बसेर प्रत्यक्ष वार्ता गर्नुपर्ने पक्षमा आफू रहेको बताउनु भएको छ ।

यस अघि साउदी अरेबियाको राजधानी रियादमा भएको तपाइँहरुले सदैब पूजा, आराधना गर्नुहुने पवित्र भूमिबाट आतङ्कबादीलाई धपाउनु होस् – ड्राइभ आउट द टेरोरिस्टस् फ्रम योर प्लेसेज् अफ वर्सिपू भन्ने आह्वानका साथ राष्ट्रपति ट्रम्पले पचासभन्दा बढी इस्लामी र अरबी नेताहरुमाझ गर्नु भएको सम्बोधन मन्तब्यको क्रममा उहाँले इरानले आतङ्ककावादलाई बढावा दिइरहेको ओराप लगाउनु भएको छ । त्यसैगरी इजरायल र प्यालेस्टाइनको शान्ति कायम हुनसक्ने सम्भावना पनि औल्याउनु भएको छ । रासस÷एएफपी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget