Websoft University

www.radiomakalu.com || 021-522512


सहमतीय सरकाबारे छलफल गर्न सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिस्कार

सहमतीय सरकाबारे छलफल गर्न सर्वदलीय बैठक, एमालेले गर्‍यो बहिस्कार

व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा बसेको सर्वदलीय बैठकमा उपस्थित दलका नेताहरु । तस्बिर : रजेन्द्र केसी

काठमाडौं,  जेठ १६ गते  ।    व्यवस्थापिका संसद भवन नयाँबानेश्वरमा सर्वदलीय बैठक बसिरहेको छ । सहमती नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समयसीमा सकिन २ दिन बाँकी रहँदा सहमतीय सरकार गठनको विषयमा छलफल गर्न भनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सर्वदलीय बैठक बहिस्कार गरेको छ । एमालेका कुनै पनि नेता बैठकमा उपस्थित भएका छैनन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि भावी प्रधामन्त्रीका रुपमा देखापर्नु भएका देउवाले दलहरुलाई लिखित पत्र नै पठाएर सहमतीय सरकार गठनको छलफलका लागि उपस्थित हुन आह्वान गर्नु भएको थियो ।
बैठकमा एमाले बाहेका सबैजसो दलका शीर्ष नेता उपस्थित भएका छन् । के कारण एमालेले बैठक बहिस्कार गरेका यकीन नभएपनि देउवाको नेतृत्वमा सरकार बनाउने कुरामा एमालेको असहमति रहेकोले बैठक बहिस्कार गरेका हुनसक्ने अनुमान गरिएको छ ।
गत बुधबार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि बिहीबार राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि एक साताको समय दिनुभएको थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget