Websoft University

www.radiomakalu.com || 021-522512


संविधान संशोधन नभई मधेशमा चुनाव हुन दिँदैनौं : राजेन्द्र महतो



काठमाडौ, बैशाख २८ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधन बिना तराई मधेशमा कुनै चुनाव हुन नदिने चेतावनी दिएका छन ।

काठमाडौमा आज भएको साक्षत्कारमा राजपाका प्रभावशाली नेता महतोले संविधान संशोधन बिना गरिने चुनाव मधेशी जनतालाई मान्य नहुने बताए ।




कार्यक्रममा बोल्दै नेता महतोले संविधान संशोधनमा ठूला दलको नियत ठीक नदेखिएको गुनासो पनि गरे । ‘संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुग्नै लाग्दा राप्रपामा अचानक भएको विद्रोह संशोधन रोक्न भएको ठूलो षड्यन्त्र हो । यस घटनामा राप्रपा मात्र नभएर तीन ठूला दलका मधेशविरोधी नेताहरु पनि सामेल रहेको हुनसक्छ ।’
उपेन्द्र यादव र संघीय समाजवादी फोरम तर्फ इंगित गर्दै राजपा नेता महतोले संविधान संशोधन विनै चुनावमा सहभागी भएर संशोधन मुद्दालाई कमजोर बनाएको आरोप लगाए । संविधान संशोधन लगायत स्थानीय तहको संख्या बढाउने र झुठा मुद्दा फिर्ता लिने काम आगामी ४ गते भित्र नगरे राजपाको नेतृत्वमा संघीय गठबन्धनले कड़ा आन्दोलन थाल्ने महतोको भनाइ थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget