Websoft University

www.radiomakalu.com || 021-522512


उपेन्द्रले बुझाए राष्ट्रपतिलाई सात बुँदे प्रस्ताव



काठमाडौ , वैशाख २८ गते । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय शीर्ष नेताहरुको बैठकमा सात सुत्रीय प्रस्ताव राखेका छन् । संविधान संशोधनलाई बेवास्ता गरिए दोस्रो चरणको चुनाव मधेशमा सहज रुपमा सम्पन्न हुन नसक्ने भन्दै अध्यक्ष यादवले सात सुत्रिय प्रस्ताव अघि सारेर समाधानको उपाय सुझाएका छन् ।

मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकार सम्बोधनका लागि भन्दै उनले यस्तो सुझाव राखेका हुन् ।

सो बैठकमा फोरम नेपालका अध्यक्ष यादवले दोस्रो चरणको चुनाव अघि नै परिमार्जनसहित संविधान संशोधन पारित हुनु पर्ने, मतदाता नामावली थप्न समय दिनु पर्ने, पहिलो र दोस्रो चरणको मतगणना र मतपरिणाम एकै पटक हुनु पर्ने प्रस्ताव गरेका छन् ।



त्यस्तै, चुनावमा सेना परिचालन गर्न नहुने, मधेश आन्दोलनका दौरान पक्राउ परेका नेता कार्यकर्ताको रिहाई एवं उनीहरुको मुद्दा खारेज हुनु पर्ने, मधेशमा गाउँपालिका एवं नगरपालिकाको संख्या जनसंख्याको अनुपातमा बृद्धि गर्नुपर्ने र सरकारले स्थानीय चुनावपछि मात्र बजेट ल्याउने गरी प्रस्ताव गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न श्रीलंका भ्रमण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिका सन्दर्भमा बिहिबार बिहान शीतल निवासमा सामूहिक छलफलका लागि सर्वदलिय बैठक बोलाएकी थिइन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति देरबहादुर देउवा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्र बहादुर चन्द र नेपाल लोकतान्त्रिक फोरम पाटीका अध्यक्ष विजय गच्छदार सहभागी थिए । - रातोपाटिबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget