Websoft University

www.radiomakalu.com || 021-522512


बार्सिलोना र रियल दुवैको सानदार जित

बार्सिलोना र रियल दुवैको सानदार जित

काठमाडौं : शनिबार राति भएको स्पेनिस ला लिगा अन्तरगतको खेलमा उपाधि होडमा रहेका रियल मड्रिड र बार्सिलोना दुवै विजयी भएका छन् जितसँगै उपाधिका लागि दुवैको सम्भावना उत्तिकै रहेको छ भने उपाधि होड झनै रोमाञ्चक बनेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ४-१ ले पराजित ग¥यो । बार्सिलोनाको जितका लागि कप्तान लियोनल मेसीले दुई गोल गरे भने नेइमार र लुइज सुवारेजले एक-एक गोल गरे ।

खेलको २१ औं मिनेटमा नेइमारले गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । भेल्लारियलका बाकाम्बुले ३२ औं मिनेटमा बराबरी गोल फर्काए। ४५ औं मिनेटमा मेसीले गोल गरी बार्सिलोनालाई पुन अग्रता दिलाएका थिए । बार्सिलोनाका लागि ६९ औं मिनेटमा सुवारेज र ८२ औं मिनेटमा पेनाल्टी मार्फत मेसीले गोल गरेपछि बार्सिलोना ४-१ को जित निकाल्न सफल भयो ।



त्यसैगरी शनिबार राति नै भएको अर्को खेलमा उपाधिको बलियो दावेदार रियल मड्रिडले ग्रानाडामाथि ४-० को सानदार जित निकाल्न सफल भयो । अवे मैदानमा दुई मुख्य स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलबिनै उत्रिएको रियलको जितका लागि रोड्रिग्वेज र मोराटाले दुई-दुई गोल गरे । रियलले ४ गोल नै खेलको पहिलो हाफमै गरेको थियो , रोड्रिग्लेजले खेलको पाचौं र ११ औं मिनेटमा गोर गरे भने मोराटाले ३० औं र ३५ औं मिनेटमा गोल गरे । स्ट्राइकर बेल चोटका कारण मैदानमा उत्रिएका थिएन भने रोनाल्डोलाई आराम दिइएको थियो।



दुवैको जितपछि दुई खेल खेल्न बाँकी रहेको बार्सिलोना ८४ अंकसहित शीर्ष स्थानमा कायम रहेको छ । समान अंक रहेको रियल मड्रिड गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । रियलले तीन खेल खेल्न बांकी रहेकाले उपाधि दौडमा बार्सिलोना भन्दा बलियो देखिएको छ - अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget