Websoft University

www.radiomakalu.com || 021-522512


सबै विधामा छनोट पूरा

सबै विधामा छनोट पूरा

अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत बुटवलमा भएको क्षेत्रीय छनोट प्रतियोगिताअन्तर्गत सबै विधाका सेमिफाइनल चरणको खेल सम्पन्न भएको छ । सोमबार भएको खेलमा जित हात पार्दै पुरुष सिंगल्सतर्फ गणेश रायमाझी र विश्वास नेपालले फाइनल यात्रा तय गरेका छन् ।
बुटवलको नवदीप कभर्ड हलको कोर्टमा बुटवलका गणेश र विश्वासले सेमिफाइनलमा क्रमशः पाल्पाका टोपबहादुर अस्लामी र डीबी रायमाझीलाई पराजित गरे । फाइनलमा प्रवेश गरेसँगै गणेश र विश्वास दुवै काठमाडौंमा हुने अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताका लागि छनोट भएका छन् । पुरुष सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका गणेश र विश्वासको जोडी पुरुष डबल्सतर्फ पनि फाइनलमा पुगेको छ ।
सोमबार भएको सेमिफाइनल खेलमा बीएस बस्नेत र पंकज ज्ञवालीको जोडीलाई पराजित गर्दै उक्त जोडीले फाइनल यात्रा तय गरेको हो । उनीहरूले उपाधिका लागि बुटवलका धु्रवविक्रम शाह र गोपाल टण्डनको जोडीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनलमा पुगेको गणेश र विश्वास तथा ध्रुव र गोपालको जोडी पनि काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको छ ।
महिला सिंगल्सतर्फ भने आइतबार नै जेसिका रायमाझी र पुजा विष्ट फाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूको पनि काठमाडौं यात्रा पक्का भइसकेको छ । प्रतियोगिताअन्तर्गत सबै विधाको फाइनल खेल मंगलबार हुनेछ।
प्रतियोगितामा गुल्मी, पाल्पा, कपिलवस्तु, नवलपरासी र रूपन्देहीका खेलाडीको सहभागिता थियो । प्रतियोगिताको फाइनलमा पुग्ने खेलाडीमा भने बुटवल ब्याडमिन्टन क्लबका खेलाडीको बाहुल्य देखिएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा हुँदै आइरहेको अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पहिलोपटक क्षेत्रीय छनोट प्रतियोगिता आयोजना गरिएको हो । महिला र पुरुष सिंगल तथा पुरुष डबल्सका विधाहरू सम्मिलित क्षेत्रीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडीलाई काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुन यातायात खर्च आयोजक अन्नपूर्ण मिडिया नेटवर्कले नै बेहोर्नेछ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget