Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रपति भण्डारी श्रीलङ्का प्रस्थान


Bidya-Devi-Bhandari
थाइल्यान्ड (बैङ्कक), वैशाख ३० गते  । थाइल्यान्ड र श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा थाइल्यान्डमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान श्रीलङ्काको राजधानी कोलम्बो प्रस्थान गर्नुभएको छ । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो ।

बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ । सन् २००० देखि राष्ट्र सङ्घले बुद्धजयन्तीलाई राष्ट्रसङ्घीय दिवसका रुपमा मनाउन सुरु गरेको हो । सो दिनलाई थाइल्यान्ड, श्रीलङ्का, म्यानमालगायतले वैशाख दिवसका रुपमा मनाउँदै आएका छन् । श्रीलङ्काले तीन दिनसम्म यससम्बन्धी विशेष सम्मेलन गर्दछ ।

श्रीलङ्काको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलङ्कास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नुहुने छ ।

यसअघि राष्ट्रपति भण्डारीलाई थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बिदाइ गर्नुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget