Websoft University

www.radiomakalu.com || 021-522512


अन्नपूर्ण पोस्ट् ब्याडमिन्टनमा पूजा र जेसिका छानिए


अन्नपूर्ण पोस्ट् ब्याडमिन्टनमा पूजा र जेसिका छानिए
बुटबल : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको छनोट खेलको पहिलो दिन आइतबार नै महिला सिंगल स्पर्धाको फाइनल खेल सम्पन्न भएको छ । फाइनलमा पूजा विष्टलाई हराउँदै जेसिका रायमाझी विजेता बनिन् । पहिलो र दोस्रो हुने दुवै खेलाडी काठमाडौंमा आयोजना हुने अन्तिम चरणको खेलका लागि छनोट भएका छन् ।
पुरुष सिंगलतर्फ भने क्वार्टरफाइनल सकिएको छ । बुटवलका गणेश रायमाझी सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वार्टरफाइनलमा उनले पाल्पाका टोपबहादुर मस्लांगीलाई हराए । रोशन कुमाल पनि सेमिफाइनलमा पुग्न सफल भए । उनले नवलपरासीका सुदीप पाण्डेलाई पराजित गरे । बुटवलका वीरेन्द्रसिंह विष्ट पनि नवलपरासीका ज्ञानेश्वर थापालाई हराउँदै सेमिफाइनलमा पुगे । बुटवलका विश्वास नेपाल भने बुटवलकै डीबी रायमाझीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरे । सेमिफाइनल खेल सोमबार हुनेछ ।
यसैगरी पुरुष डबल्सतर्फ विजयी हुँदै बुटवलका गणेश रायमाझी र विश्वास नेपालको जोडी दोस्रो चरणमा पुग्यो । कपिलवस्तुका सञ्जय गुरुङ र बलराम न्यौपाने, तामनगरका चुरन थापा र विनोद पौडेल, बुटवलका डीबी रायमाझी र रक्षा गुरुङ तथा पाल्पाका वसन्त वर्जाचार्य र महेश वज्राचार्यको जोडी पनि दोस्रो चरणमा पुग्न सफल भए ।


नवलपरासीका महेन्द्र कार्की र दिवस सुनुवार, रामनगरका गुप्तप्रसाद पोखरेल र मेघराज गौतम, पाल्पाका शैलेन्द्र वज्राचार्य र सुशील शाक्य, बुटवलका शम्भु भट्टराई र अमर शाह, कपिलवस्तुका रितेश थापा र सन्दीप श्रेष्ठ, नवलपरासीका दीप सूर्यवंशी र रोशन कुमाल, बुटवलका नारायण घिमिरे र नवीन पोखरेल तथा बुटवलकै बीएस बस्नेत र पंकज ज्ञवालीको जोडी पनि दोस्रो चरणमा प्रवेश पुगे । शंकरनगरका सुरज गुरुङ र रमेश रेग्मी, इन्द्रलाल श्रेष्ठ र पिताम्बर ज्ञवाली तथा भानु केसी र भरत रानाको जोडी पनि दोस्रो चरणमा प्रवेश गरे । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः पाँच हजार र दुई हजार पाँच सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् भने काठमाडौंमा हुने अन्तिम चरणका खेलमा सहभागिता जनाउने अवसर पनि प्राप्त गर्नेछन् ।
यसअघि प्रतियोगिताको भव्य समारोहका बीच रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले उद्घाटन गरेका थिए । प्रजिअ सिंहले मिडिया हाउसले खेलकुदको विकासका लागि गरेको काम प्रशंसनीय भएको बताए । उनले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताए । उनले प्रतियोगिताका लागि अन्नपूर्ण पोस्ट्लाई धन्यवाद पनि दिए ।
बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष पिताम्बर ज्ञवालीले बुटवलमा खेलाडीको उत्पादन बढ्दै गएको र यस्तो प्रतियोगिताले खेलाडीलाई थप ऊर्जा प्रदान गर्ने धारणा व्यक्त गरे । अन्नपूर्ण मिडिया नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले पत्रकारितसँगै समाजको विभिन्न क्षेत्रको विकासका लागि अन्नपूर्ण मिडियाले नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले काठमाडौंमा मात्रै सीमित रहेको कर्पोरेट ब्याडमिन्टनलाई मोफसलका खेलाडीको प्रोत्साहनका लागि क्षेत्रीय स्तरमा ल्याइएको बताए ।
अन्नपूर्ण मिडिया नेटवर्कका बुटवल एरिया इन्चार्ज रामबन्धु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख कृष्णप्रसाद भण्डारी, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णहरि शर्मा, प्रहरी नायब उपरीक्षक अवदेश विष्ट, बुटवल ब्याडमिन्टन क्लबका निवर्तमान अध्यक्ष इन्द्रलाल श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कृष्ण थापा, रूपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, निर्माण व्यवसायी संघका अध्यक्ष जमिन कक्षपति, अन्तर्राष्ट्रिय अम्पायर किरण कारञ्जित, खेल संयोजक पंकज ज्ञवालीलगायतको उपस्थिति थियो ।- लक्ष्मण पोखरेल , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget