Websoft University

www.radiomakalu.com || 021-522512


नाइसले पीएसजीलाई हरायो, मोनाकोलाई फाइदा



मारियो बालोटेलीको गोलसँगै नाइसले पेरिस सेन्ट जर्मेनलाई हराएको छ र, १७ वर्षमा पहिलो पटक मोनाको लिग वानको उपाधि नजिक पुगेको छ ।

आइतबार भएको खेलमा नाइसले ९ खेलाडीमा सिमित पीएसजीलाई ३-१ गोल अन्तरले हराएको हो ।


घरेलु मैदानमा भएको खेलमा नाइसले २६ औं मिनेटमा बालोटेलीको गोलबाट अग्रता लिएको थियो । ४८ औं मिनेटमा बार्बोसा परेराले अग्रता दोब्बर पारे ।

पीएसजीले ६४ औं मिनेटमा गोल गर्दै नाइसको अग्रता २-१ मा झार्‍यो तर, खेलको ९० औं मिनेटमा मोटाले रातो कार्ड खाएपछि १० खेलाडीमा सिमित भयो ।

खेलको अन्त्यतिर डोनिसले गोल गर्दै घरेलु टोली नाइसको जित सुनिश्चित गरे । खेल सकिनै लाग्दा एन्जल डी मारियाले पनि रातो कार्ड पाएपछि साविकको विजेता पेरिस सेज्ट जर्मेनले भने ९ खेलाडीमा खेल टुंग्यायो ।

हारपछि पेरिस सेज्ट जर्मेनको उपाधि सम्भावना आफ्नो हातबाट फुत्किएको छ । दोस्रो स्थानमा रहेको पीएसजीको ३५ खेलबाट ८० अंक छ भने लिग लिडर मोनाको ८३ अंक छ र उसले एक खेल कम खेलेको छ । नाइसको ३५ खेलबाट ७७ अंक भएको छ र लिगको तेस्रो स्थानमा छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget