Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानन्यायाधीश कार्की नियमित काममा

sushila karki_1

काठमाडौँ, वैशाख २५ गते ।  प्रधानन्यायाधीश सुशीला कार्की आइतबारदेखि न्यायालयको नियमित काममा फर्कनुभएको छ ।  वैशाख १७ गते संसद्मा महाभियोगको सूचना दर्तापछि निलम्बनमा पर्नुभएकी कार्की सर्वोच्च अदालतको शुक्रबारको आदेशपछि अदालत फर्कनुभएको हो ।  कार्की अदालतमा उपस्थित भई दैनिक पेसी तोक्ने काम गर्नुभएको थियो ।  तर, उहाँ आफँै इजलासमा भने बस्नुभएन ।
सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको प्रशासनिक काम सुरु गर्नुभएको बताउनुभयो ।  उपाध्यायले भन्नुभयो, “सम्माननीयज्यू आजदेखि सर्वोच्चमा आउनुभएको हो, प्रशासनिक काम गर्नुभयो, आफूलाई मुद्दा तोक्नुभएन । ”
महाभियोग दर्ता भएकै दिन संसद् सचिवालयको पत्राचारअनुसार कार्की निलम्बनमा पर्नुभएको थियो ।  निलम्बनमा परेपछि चार दिन सर्वोच्चको प्रशासनिक नेतृत्व वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले सम्हाल्नुभएको थियो ।  सर्वोच्चको एक इजलासले शुक्रबार महाभियोग प्रक्रिया संविधानको मर्मअनुसार नभएको भन्दै रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।  आदेश जारी भएकै दिन कार्की सरकारी निवास फर्कनुभएको थियो ।
राष्ट्रपति–प्रधानन्यायाधीश भेटवार्ता
यसैबीच प्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।  महाभियोग प्रक्रियापछि अदालतको आदेश लगायतका समसामयिक विषयमा छलफल भएको
बताइएको छ ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले समसामयिक विययमा भेटवार्ता भएको जानकारी दिनुभयो ।  अधिकारीले भन्नुभयो, “‘वान टु वान’ वार्ता भयो, विषयवस्तु सबै त जानकारी भएन तर समसामयिक विषयमा कुरा भएको बुझिएको छ । ”
भेटका अवसरमा प्रधानन्यायाधीश कार्कीले कानुन दिवसको निमन्त्रणा पनि दिनुभएको छ ।  वैशाख २६ गते कानुन दिवस छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget