Websoft University

www.radiomakalu.com || 021-522512


भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना रोकियो

भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना रोकियो
                                    कांग्रेस र नेमकिपाको मत एमालेमा गणना गरिएको आरोप


भक्तपुर, जेठ ६ गते   । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मतगणना रोकिएको छ। मत गणनामा बसेका कर्मचारीहरुले नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीलाई आएको मत एमालेका उम्मेदवारलाई चढाएको भन्दै विरोध भएपछि मत गणना रोकिएको हो।
चाँगुनारायण नपाको लागि नेमकिपाका मेयर उम्मेदवार न्हुछेभक्त फोजूले कांग्रेस र नेमकिपालाई आएको मत कर्मचारीहरुले एमालेको उम्मेदवारमा चढाएपछि विवाद भएर मत गणना रोकिएको जानकारी दिनुभयो। उहाँले एउटा दलको मत अर्को दलमा यताउता गरेपछि विरोध गरिँदा पनि कर्मचारीहरुले नसुनेपछि कांग्रेस र नेमकिपाका पार्टी प्रतिनिधिहरुले मत गणना स्थल छाडेको बताउनुभयो।
कांग्रेस र नेमकिपाले पुनः मतगणना गर्नुपर्ने माग गरेका छन्। उनीहरुले पुनः मत गणना नभए मत गणना नै नहुने बताएका छन्। अहिले चाँगुनारायण नपा ४ नम्बर वडासम्मको मतगणना सकिएको जानकारीमा आएको छ। वडा नं ३ र ४ मा एमालेका वडा अध्यक्ष उम्मेदवारले जितेको प्रकाशमा आएको स्थानीय निर्वाचन अधिकृतको कार्यालयबाट सार्वजनिक गरिएको छैन। वडा नं ३ र ४ को मतगणनामै कर्मचारीहरुले कांग्रेस र नेमकिपाको मतसमेत एमाले उम्मेदवारको नाउँमा गणना गरिएको उनीहरुको दावी छ।
त्यसैले गर्दा एमालेका उम्मेदवारहरुले बढी मत पाएको मत गणनामा बसेका कांग्रेस र नेमकिपाका प्रतिनिधिहरुलले आरोप लगाएका छन्। वैशाख ३१ गते चाँगुनारायण नपा ६ नगरकोटको एउटा मतदान केन्द्रमा नेमकिपाको चुनाव चिन्ह मादल नभएको २२ मत खस्दा रोकिएको मतगणना पुनः बिहीबार रोकिएको हो।
उक्त केन्द्रको मतदान रद्द गरी निर्वाचन आयोगले जेठ ३ गते पुनः मतदान सम्पन्न भएपछि सुरु भएको मतगणना प्रभावित हुँदा अन्तिम परिणामा आउन थप समय लाग्ने भएको छ।-ईश्वरकाजी खाइजू , अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget