Websoft University

www.radiomakalu.com || 021-522512


जागिर गयो, टिकट पनि खोसियो

जागिर गयो, टिकट पनि खोसियो

इलाम,  जेठ १६ गते  ।   पाँच दिनअघि सूर्योदय नगरपालिकाको उपमेयर पदमा एमालेका तर्फबाट उम्मेदवार छानिएको भन्दै सामाजिक सञ्जाल र अनलाइन समाचार माध्यममा छाएकी सूर्योदय नगरपालिका ६ की एमाले नेतृ चित्रकला बराइली अहिले निराश हुनुहुन्छ । निकै अघिदेखि उपमेयरको दौडमा रहनुभएकी उहाँको ठाउँमा एमालेकै अर्की नेत्री दुर्गा भट्टराईले उपमेयरका रूपमा भोट माग्न थालेपछि उहाँमा निराशा चुलिएको हो । पार्टीको आधिकारिक निर्णय नआए पनि आफ्नो ठाउमा अर्कैले भोट माग्न थालेको थाहा पाएपछि निराश बनेको उहाँले बताउनुभयो । 'पहिले पनि धोका पाएकाले टिकट पाउने आस अहिले पनि मरेको छैन', उहाँले भन्नुभयो ।
दोस्रो संविधानसभा निर्वाचनमा दलित समुदायबाट समानुपातिक उम्मेदवारमा उठाएपछि बराइलीले १० वर्षदेखि कार्यरत शिक्षकको जागिर छोड्नुभएको थियो । सुनपा ६ तारगाउँको सरस्वती निम्न माध्यमिक विद्यालयमा राहत शिक्षकका रूपमा काम गरिरहेको अवस्थामा एमालेले समानुपातिक उम्मेदवारमा उठाएपछि जागिरबाट राजीनामा दिएको उहाँले बताउनुभयो । तर निर्वाचनपछि उहाँलाई एमालेले सांसद बनाएन । 'खाँदै गएको जागिर पनि गयो, पछि केही होला भनेको अहिले पनि यस्तै भयो', उहाँले भन्नुभयो ।
आफ्नो ठाउँमा एमालेकै अर्की नेत्री दुर्गा भट्टराईले उपमेयरका रूपमा भोट माग्न थालेपछि चित्रकला बराइलीमा निराशा छाएको हो ।
दोस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा सक्रिय बन्नुभएकी उहाँ पछिल्लो समय निर्वाचन अभियानमा देखिन छोड्नुभएको छ । पछि न्याय पाइएला भनेर जागिर छाडेर बस्नुभएकी उहाँको हातबाट उपमेयरको उम्मेदवारी पनि उम्किएको कतिपयको भनाइ छ ।
बराइलीले भने प्रदेश कमिटीको बैठक जारी रहेकाले आफ्नो नाम आउने आशा व्यक्त गर्नुभयो । एमालेले सूर्योदय नगरपालिकाबाट उपमेयरमा धेरै आकांक्षी भएको भन्दै प्रदेश कमिटीमा चारजनाको नाम पठाएको थियो । यता एमालेको स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिका प्रमुख नवराज शंकरले सूर्योदय नगरपालिकाको मेयरमा आरबी राई र उपमेयरमा दुर्गा भट्टराई उम्मेदवारमा छनोट भएको जानकारी दिनुभयो ।- अन्नपूर्ण बाट तोयानाथ भट्टराई ,

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget