Websoft University

www.radiomakalu.com || 021-522512


नमुना मतदानमै १० प्रतिशत मत बदर

नमुना मतदानमै १० प्रतिशत मत बदर

बैतडी सदरमुकाम गढीमा गरिएको नमुना मतदान कार्यक्रममा भोट हाल्दै सर्वसाधारण ।

बैतडी, जेठ १६ गते  ।  जिल्ला सदरमुकाम गढीमा गरिएको मतदानमा १० प्रतिशत मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयले बदर मतदानको संख्या घटाउन आयोजना गरेको नमुना मतदानमै १० प्रतिशत मत बदर भएको हो । नमुना मतदानमा सहभागीहरूले लामो मतपत्र भएकाले अलि झन्झटिलो भएको बताएका छन् ।
लामो मतपत्र भएकाले कसलाई भोट दिने भन्ने कुरा साह्रै गाह्रो भएको दशरथचन्द नगरपालिका ४ का हर्क नेपालीले बताउनुभयो । 'हामी सदरमुकामबासीलाई त लामो मतपत्र हुँदा मतदान गर्न असजिलो भयो भने दुर्गम ग्रामीण क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी बनाउन नसके मत बदर हुने सम्भावना धेरै छ । कुन चिह्न कसका लागि भनेर छुट्ट्याउन मतदातालाई गाह्रो हुन सक्छ', उहाँले भन्नुभयो ।
दशरथचन्द नगरपालिका ४ की लक्ष्मी सार्की पनि नमुना मतदानमा सहभागी हुनुभयो । उहाँले पनि मतदान गर्दा निकै अप्ठ्यारो भएको प्रतिक्रिया दिनुभयो । 'मलाई त मतदान गर्न निकै सकस पर्‍यो । कुन चिह्नमा कसरी मतदान गर्ने भन्ने अलमल भयो । मेरो मत पनि बदर भयो कि जस्तो लाग्यो ।'ग्रामीण क्षेत्रमा महिलाको मत बदर हुने धेरै सम्भवाना रहेको दशरथचन्द नगरपालिका ४ का देवु ठगुन्नाले बताउनुभयो । 'नमुना मतदानले हामीले धेरै कुरा सिक्यौं । मतपत्र कसरी पट्याउने, कसरी मतदान गर्ने ? त्यसैले यस्ता कार्यक्रम गाउँगाउँमा लैजानुपर्‍यो । मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्‍यो', उहाँले भन्नुभयो ।
नमुना मतदान कार्यक्रम मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमै केन्द्रित रहेर आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो । बदर मतको संख्या कम गर्ने र मतदाता शिक्षा प्रभावकारी बनाउने प्रयासस्वरूप नमुना मतदान गरिएको उहाँको भनाइ छ ।
स्थापना भयो निर्वाचन अधिकृत कार्यालय
स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लाका १० ओटै स्थानीय तहमा निर्वाचन अधिकृत कार्यालय स्थापना भइसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय जेठ ६ गतेबाट नै सञ्चालन आएको र बाँकी रहेका नौ ओटा स्थानीय तहमा सोमबारदेखि निर्वाचन अधिकृतको कार्यालयय स्थापना भई काम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताउनुभयो । 'निर्वाचन आयोगको निर्देशनअनुसार हामीले जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी कामसमेत सुरु गरिसकेका छौं । सबै कार्यालयमा निर्वाचन अधिकृतसहितका कर्मचारी खटिसकिएका छन्', उहाँले भन्नुभयो ।
बदर मतको संख्या कम होस् भन्ने उद्देश्यले नमुना मतदान गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने मुख्य निर्वाचन अधिकृतका रूपमा जिल्ला न्यायाधीश धु्रवकुमार शाहले काम गरिरहनुभएको छ । पाटन नगरपालिकामा सिद्धराज जोशी, मेलौली नगरपालिकामा दीपक ढकाल, पुरचौडी नगरपालिकामा शम्भुकुमार बस्नेत र सिगास गाउँपालिकामा रामकुमार थापा निर्वाचन अधिकृतका रूपमा खटिनुभएको छ । यस्तै सुर्नया गाउँपालिकामा यामप्रसाद बाँस्कोटा, पञ्चेश्वर गाउँपालिकामा यमप्रसाद ढुंगाना, दोगडाकेदार गाउँपालिकामा वासुदेव रिजाल, शिवनाथ गाउँपालिकामा तुलसीराम गैरे र डिलासैनी गाउँपालिकामा मोतीलाल शर्मालाई निर्वाचन अधिकृतका रूपमा खटाइएको जिल्ला निर्वाचन अधिकारी फुँयालले जानकारी दिनुभयो ।
गाउँगाउँमा सुरक्षाकर्मी
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गाउँगाउँमा सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतका कार्यालय स्थापना भएसँगै प्रत्येक स्थानीय तहमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । 'हामीले जिल्लाका मुख्य ठाउँमा प्रहरी परिचालन गरेका छौं । म्यादी प्रहरीलाई पनि प्रहरीसँगै खटाएका छौं', उहाँले भन्नुभयो ।
मदिराको कारोबारमा रोक
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर जिल्लामा मदिरा तथा मदिराजन्य वस्तुको बिक्रीवितरणमा रोक लगाउने निर्णय भएको छ । मदिराका कारण निर्वाचन सुरक्षामा असर पर्न सक्ने भएकाले मदिराको बिक्रीवितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । 'हामीले स्थानीय प्रशासन ऐन २०२८ अनुसार निर्वाचनको अवसरमा मदिरा कारोबारमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेका छौं । कसैले अवज्ञा गरेमा कारबाही गर्छौं', उहाँले भन्नुभयो ।
मदिराका कारण निर्वाचनको समयमा विभिन्न हिंसात्मक घटना हुन सक्ने भन्दै स्थानीय प्रशासनले यसको कारोबारमा रोक लगाउने निर्णय गरेको हो ।- अन्नपूर्ण बाट ,भगीरथ अवस्थी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget