Websoft University

www.radiomakalu.com || 021-522512


मेस्सी बने ला लिगाको टप स्कोरर, रोनाल्डो कति औं स्थानमा ?



 बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा सिजनको टप स्कोरर बनेका छन् ।

अन्तिम खेलमा दुई गोल गरेका उनले यो सिजन लिगमा ३४ खेल खेल्दै ३७ गोल गरे । उनले टिममेट लुइस स्वरेज र चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।


मेस्सीले २०१३ पछि पहिलो पटक पिचिची अवार्ड हात पारेका हुन् । गत वर्षको विजेता लुइस स्वरेज २९ गोलका साथ दोस्रो स्थानमा रहँदा रोनाल्डो २५ गोलका साथ तेस्रो स्थानमा रहे ।

उत्कृष्ट गोलकिपर भने एथ्लेटिको मड्रिडका जान ओब्लेक रहे । लिगमा यो सिजन २९ खेल खेलेका उनले मात्र २१ गोल खाएका थिए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget