Websoft University

www.radiomakalu.com || 021-522512


अख्तियार प्रमुखमा दिप बस्नेत र प्रमुख महालेखा परिक्षकमा शर्माले पदभार सम्हाले





काठमाडौ,  जेठ ८ गते। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र प्रमुख महालेखा परीक्षकले सोमबार सपथ लिएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा शितल निवासमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

दुइ साताअघिको मन्त्रिपरिषद बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवहाक प्रमुख आयुक्त दिपकुमार बस्न्यातलाई प्रमुख आयुक्तमा र प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि शर्मालाई प्रमुख महालेखा परिक्षकमा नियुत्तको सिफारिस गरेको थियो ।

व्यवस्थापिका संसदको संसदीय बिशेष सुनुवाई समितिले उनीहरुको नाम अनुमोदन गरेपछि उनीहरु दुवै जना उक्त पदका लागि योग्य ठहर भएका थिए । उनीहरु दुवै जनाले सोमबार विहान एकै साथ पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।- अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget