Websoft University

www.radiomakalu.com || 021-522512


निर्धक्क भएर मत खसाल्न प्रधानमन्त्री प्रचण्डको अपिल

निर्धक्क भएर मत खसाल्न प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौं, वैशाख ३० गते  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै भय र संकोचविना निर्धक्क भएर आफूले चाहेका उम्मेदवारलाई मत खसाल्न अपिल गर्नु भएको छ।
स्थानीय तहको निर्वाचनको पहिलो चरणको निर्वाचनको पूर्वसन्ध्यामा शनिबार मतदातामा अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएकाले भय र संकोचविना मत खसाल्न आह्वान गर्नु भएको हो।
प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोले आफ्नो तर्फबाट सवै उपाय अपनाएको र सरकारले आफ्नो तर्फबाट गर्नु पर्ने काममा कुनै कसर बाँकी नराखेको पनि उल्लेख गर्नु भएको छ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिएर आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न सवै मतादाताहरुलाई अपिल पनि गर्नु भएको छ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget