Websoft University

www.radiomakalu.com || 021-522512


विप्लव माओवादीका छ जना कार्यकर्ता पक्राउ

विप्लव माओवादीका छ जना कार्यकर्ता पक्राउ

धरान , वैशाख ३० गते  ।   स्थानीय निर्वाचनविरुद्धका गतिविधि गर्दै गाउँमा प्रचार गरिरहेको अबस्थामा प्रहरीले नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लब समूहका) छ जना कार्यकर्तालाई सुनसरीको महेन्द्रनगरबाट पक्राउ गरेको छ । सुनसरीको बराह नगरपालिकास्थित महेन्द्रनगरमा स्थानीय निर्वाचनविरुद्धका पर्चा पप्लेट वितरण गरी सर्बसाधारणलाई आत्तंकित पारी अशान्ति मच्चचाउन खाजेको भन्दै सुनसरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
स्थानीय निर्वाचनविरुद्धको गतिविधि सिर्जना गरी अशान्ति सिर्जना गरेको भन्दै प्रहरीले विप्लप माओवादीका सुनसरी सेक्रेटरी युगेन राई, जिल्ला सदस्यहरु खड्क कुमारी राई, सुरज राई, अमृत लिम्बु मिनाराज धामी र क्षितिज राई पक्राउ परेका हुन् । शुक्रवार राति पक्राउ परेका उनीहरुलाई मध्यरातमा जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ ।

पक्राउ परेका विप्लव माओवादीका कार्यकर्ताहरुले स्थानीय निर्वाचनविरुद्ध गतिविधि गर्दै सर्बसाधारणलाई आतंकित पार्ने काम गरेकाले उनीहरुलाई पक्राउ गरिउको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोखरेलले बताउनु भयो । पक्राउ परेका उनीहरु विरुद्ध सार्बजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारवाही प्रकृया अगाडि बढाउने प्रहरीको तयारी छ ।
यता विप्लव माओवादीका कोसी व्युरो सदस्य जसकुमार राईले शान्तिपूर्ण पार्टिको कार्यक्रम गरिरहेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको घटना प्रति विरोध जनाउनुभएकाे छ । उहाँले प्रजातान्त्रिक मुलुकमा आफ्नो पार्टीको धारण जनता समक्ष पुर्याउदा पक्राउ परेका कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयाे । - अन्नपूर्ण बाट , रत्नप्रसाद आचार्य

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget