Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचनका लागि पाँच हजार थप प्रहरी परिचालन

निर्वाचनका लागि पाँच हजार थप प्रहरी परिचालन
फाइल तस्बिर


काठमाडौं, वैशाख २० गते । पहिलो चरणमा वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले सुरक्षाकर्मी अपुग हुने ठाउँमा मातहतका विभिन्न निकायबाट परिचालन गरिएको जनाएको छ । थप प्रहरीले स्थानीय स्तरमा दरबन्दीमा रहेका प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीसँग निर्वाचनमा सुरक्षा प्रदान गर्नेछन् ।
परिचालन गरिएका थप प्रहरी विभिन्न क्षेत्रका गुल्म, गण, तालिम केन्द्र र प्रहरी प्रधान कार्यालयबाट पठाइएको हो । प्रहरी प्रधान कार्यालयबाटै तीन हजारभन्दा बढी प्रहरी विभिन्न निर्वाचन क्षेत्रमा पठाइएको छ । पहिलो चरणमा तीनवटा प्रदेशमा मात्र स्थानीय निर्वाचन हुने भएपछि प्रहरी प्रधान कार्यालयलाई सुरक्षा व्यवस्था मिलाउन सजिलो भएको छ ।
'अहिलेका लागि हामीले थप पाँच हजार प्रहरी परिचालन गरेका छौं । यति संख्यामा प्रहरी थपिएपछि सुरक्षा व्यवस्था सुदृढ हुने हाम्रो आकलन छ । आवश्यक परे अझै जनशक्ति परिचालन गर्न सक्छौं', नेपाल प्रहरीका प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने । निर्वाचनमा तैनाथ सुरक्षाकर्मीको नेतृत्व भने प्रहरीले गर्नेछ ।
निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरी परिचालन गरिसकिएको छ । यसअघि वैशाख ३१ मै देशभर निर्वाचन हुने तय भए पनि सरकारले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको थियो । एकै चरणमा निर्वाचन गर्दा देशभर दुई लाख २६ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको थियो । तर चारवटा प्रदेशमा स्थानीय तहको निर्वाचन जेठ ३१ मा हुने भएपछि सुरक्षा व्यवस्थापन सहज हुने देखिएको छ ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget