Websoft University

www.radiomakalu.com || 021-522512


धरानमा खानेपानीको हाहाकार



धरान,जेठ ८ गते   । धरान जतिसुके सुन्दर, आकर्षक र पर्यटकीय गन्तव्य स्थल भने पनि धरानेहरुको नियति नै बनेको छ खानेपानी समस्या । सुख्खा मौसममा बर्षेनी खानेपानीको हाहाकार भएर जीवन विताइरहेका धरानेहरु बर्षातको समयमा समेत खानेपानी अभावमै जीवन विताउन बाध्य छन् कारण नेपाल खानेपानी संस्थानको पुराना संरचनाका कारण त्यहा भएको उपकरण समय समयमा विग्रिने भएकोले पनि धरानेहरुको खानेपानीको समस्या दिनप्रतिदिन बढ्दैगएको हो ।

धरान १५ की १२ का उमेश तामाङ ५ दिनदेखि धारामा पानी नआएपछि संस्थानको ५ वटा पानी संकलन ट्यांकीमध्ये पहिलो पानी संकलन ट्यांकीमै ट्याम्पो लिएर पानी लिन पग्नुभया । पानीको अभावकै कारण नेपाल खानेपानी संस्थानले दिन विराएर पानी दिदा केही सहज महसुस भएपनि संकलन केन्द्रमा रहेको उपकरण नन मिटन भल्व विग्रिएपछि संस्थानले पानी संकलन गर्न नसकेका कारण धारामा पानी नआएपछि दैनिक जीवन गुजाराका लागि उहा टेम्पो लिएर त्यहा पुग्नुभएको बताउनुहुन्छ । यसले खानेपानीको आपूर्तिमा समस्या हुनुका साथै टेम्पोको भाडा तिरेर हैरान हुनेग गरेको तामाङको भनाई छ ।

त्यस्तै धरान १५ की शर्मिला श्रेष्ठको पनि उस्तै अवस्था रहेको छ । पाचदिनदेखि धारामा पानी नआएपछि उहा समेत सिटी सफारी रिजर्वगरेर पानी लिनकै लागि त्यहा पुग्नुभएको बताउनुहुन्छ । दिन विराएर एक समय पानी आउने गरे पनि पानी आउन नसकेपछि आफूहरुको जीवन कष्टकर बनेको शर्मिलाको भनाई छ ।

उमेश तामाङ र शर्मिला श्रेष्ठ त उदाहरण पात्र मात्र हुन् अहिले धरानेहरु खानेपानीको हाहाकाकार कारण कष्टकर जीवन विताईरहेका छन् । उनीहरु अहिले दैनिक ५ सवारी भाडा तिरेर तीनकुने जंगलमा रहेको संस्थानको पहिलो पानी संकलन केन्द्रबाट पानी बोकेरै ल्याएर जीवन गुजारा गर्न बाध्य छन् ।

धरानमा दैनिक दुई करोड पानी आवश्कता पर्दछ । नेपाल खानेपानी संस्थानले पानीको जाहो चारकाशे झाडीमा रहेको पाचवटा पानी तान्ने वेल र सर्दु खर्दु र तामाखाम जलाधार क्षेत्रबाट पानी संकलन गरेर पानी वितरण गर्ने गर्दछ । सुख्खा मौसमका मौसममा जालाधार क्षेत्र मानिएको सर्दु, खर्दु र तामाखामको पानीको मुहान सुक्ने भएकोले जंगलकै पानी संकलन गरेर धरानेहरुलाई खुवाउने गरेको छ । तर संस्थानको धेरै पुरानो उपकरण भएका कारण समय समयमा विग्रिने गरेको हुदा पानी ट्यांकीमा सकंलन हुन नसक्दा सुख्ख मौसममात्र हैन बर्षातको समयमा पनि पानी पिउन नपाउने धरानेहरुको नियति नै हो ।

संस्थानको पाचवटा वेलबाट मात्र ६० लाख पानी ट्यांकीमा संकलन गर्ने गरेको नेपाल खानेपानी संस्थानका प्रमुख सैलेन्द्र साह बताउनुहुन्छ । तर अहिले संस्थानमा रहेको पहिलो खानेपानी संकलन केन्द्रको पानी संकलन गर्ने मुख्य उपकरण टन मिटन भल्भ विग्रिएका कारण धरानमा अहिले खानेपानी आपूर्ति गर्न कठिनाइ भएको प्रमुख साहको भनाई छ । पुरानो संरचनाका कारण उपकरण विग्रिने, बेला बेला हुने लोडसेडिङ का कारण धरानमा खानेपानीको समस्या बर्षेनी बढ्दै गएको प्रमुख साहले बताउनुभयो ।

स्ुख्खा मौसममा पर्याप्त पानी आउन नसक्नु र बर्षातको समयमा पनि संस्थानमा भएका पुराना उपकरण विग्रिने कारणले यहाका जनता खानेपानीको हाहाकारमा जीवन विताउन बाध्य छन् । एकातिर दीर्घकालीन खानेपानी समस्या समाधानका लागि भनेर एसियाली विकास बैंकको ऋण अनुदानमा शुरु भएको खानेपानी परियोजनाले समेत सुस्त गतिमा काम गरिरकेको छ भने संस्थानको पुरानो उपकरण समय समयमा विग्रिने कारणले पनि धरानमा बर्षेनी खानेपानी समस्याबाट आजित बन्दै गएका हुन् । यस विषयमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ ।-गोविन्द बस्नेत

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget