
काठमाडौं,जेठ १७ गते । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेर एलइडी बल्ब खरिद प्रक्रिया रोक्नु नपर्ने आदेश सुनाएको छ । अब नेपाल विद्युत प्राधिकरणले एलइडी बल्ब खरिदको प्रक्रिया अघि बढाउन सक्नेछ ।
प्राधिकरणले २ करोड थान बल्ब खरिद गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता नारायण चौलागाईले दायर गरेको रिटमा सर्वोच्चले जेठ ५ गते अन्तरिम आदेश किन जारी गर्नु नपर्ने भन्दै सरकारसँग लिखित जवाफ मागेको थियो ।
बुधबार न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको इजलासले अन्तरिम आदेश जारी गर्नु नपर्ने ठहर गरेको छ । अब यो मुद्दाको अन्तिम टुंगो नलागेसम्म एलइडी बल्ब खरिदको प्रक्रियामा कुनै अवरोध हुने छैन ।- अनलाइनखबर
Post a Comment