Websoft University

www.radiomakalu.com || 021-522512


निर्वाचन तालिका सार्वजनिक, उम्मेदवारी दर्ता असार २ गते




काठमाडौं,जेठ १७ गते । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जारी गरेको निर्वाचन तालिकामा उल्लेख छ ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय खोल्ने र निर्वाचन अधिकृतको कार्यालय खोल्ने काम भने निर्वाचन कार्यतालिकामा राखेको छैन ।
यसअघि नै आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेकाले कार्यसुचीमा नराखेको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget