Websoft University

www.radiomakalu.com || 021-522512


सप्तरी पत्रकार महासङ्घमा खड्गा

सप्तरी पत्रकार महासङ्घमा खड्गा


राजविराज,   वैशाख २३ गते  । ।  नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्षमा जितेन्द्र खड्गा विजयी हुनुभएको छ ।  शुक्रबार साँझ अबेरसम्म सम्पन्न मतगणना परिणामनुसार खड्गाले ५४ र उहाँका निकटतम प्रतिद्वन्द्वी श्रवणकुमार देवले ३२ मत प्राप्त गर्नुभएको थियो । समितिका उपाध्यक्षमा श्यामसुन्दर यादव विजयी हुनुभएको छ ।  सचिवमा जितेन्द्रकुमार झा ‘जितु’, राजु विश्वकर्मा र दिनेश शर्मा तथा सहसचिव(खुला) तर्फ चन्दनकुमार यादव र समावेशी सहसचिवमा डम्बर राई विजयी हुनुभएको छ ।
कार्यसमितिका कोषाध्यक्षमा शुभचन्द्र झा तथा सदस्यमा विन्दुकुमार यादव, भूषणकुमार सिंह, कृष्णदेव यादव, गङ्गाप्रसाद साह र वृजमान तामाङ चुनिनुभएको छ ।
त्यस्तै केन्द्रीय पार्षद्मा मुरलीप्रसाद यादव, अवधेशकुमार झा, भोलाकुमार पासवान, देवराम यादव, गणेशलाल देव, शैलेन्द्रमोहन झा, अनिलकुमार अनल र व्यासशङ्कर उपाध्याय तथा प्रदेश पार्षद्मा राजेशकुमार झा, मिथिलेश यादव, सुमन मिश्र, नवीन गुप्ता, महेन्द्रप्रसाद मण्डल, महेश्वर भारती, पवनकुमार मिश्र, वैद्यनाथ यादव, शिवनारायण साह, मनोजकुमार माझी, देवेन्द्र मिश्र, रश्मि झा र भोलारमण उप्रेती विजयी हुनुभएको छ ।

यसअघि महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी र सदस्य (जनजाति)तर्फ भूपेन्द्रकुमार मण्डल तथा केन्द्रीय पार्षदमा माला कर्ण र ढमला भट्टराई निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।- पुर्बेलीन्युजबाट

  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget