Websoft University

www.radiomakalu.com || 021-522512


४५ घण्टापछि बल्ल बुझायो राप्रपाले राजीनामा





काठमाडौं, बैशाख २० गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको ४५ घण्टापछि बल्ल राजीनामापत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री पर्शुराम तामाङले बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर राजीनमा पत्र बुझाएका हुन् ।
सो पार्टीको सोमबार साँझ ५ बजे बसेको केन्द्रीय कार्यासम्पादन समितिको बैठकले सरबारबाट बाहिरिने तथा समर्थन फिर्ता लिने निर्णय गरेको भएपनि प्रधानमन्त्रीले समय नदिएको दाबी गर्दै बुझाउन ढिलाई गर्दै आएको थियो ।

बैठकले महाभियोग प्रकरणमा आफूहरुसँग कुनै छलफल नगरेकोप्रति असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । यद्यपी सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने विषमया बैठकमा तीब्र विवाद भएको थियो भने विवादका बीच पनि थापाले सरकारबाट फिर्ता हुने निर्णय गराएका हुन् ।
राप्रपा प्रमुख सचेतक कुन्ती शाहीले प्रधानमन्त्रीले समय उपलब्ध गराएकाले पत्र अहिलेसम्म पत्र बुझाउन ढिलो भएको बताइन् । तर प्रधानमन्त्रीको सचिवालयले भने थापाले भेटका लागि समय नै नमागेको जनाएको छ । प्रधानमन्त्रीका स्वकिय सचिव प्रकाश दाहालले कमल थापाले प्रधानमन्त्रीसँग भेटका लागि समय नै नमागेको र आज दिउँसो २ बजेभने प्रम कार्यालयमा पुगेर पत्र बुझाइएको बताए ।
राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरु भने मन्त्रालय जान छाडिसकेका थिए । पर्यटनमन्त्री बनेका दिलनाथ गिरीले मंगलबार मन्त्रालयमा पुगेर सबै कर्मचारीसँग बिदा भएर फर्किएको बताए ।
राप्रपाभित्र १५ सांसदले विद्रोहको तयारी गरेसँगै कमल थापा अप्ठ्यारोमा रहेको बताइन्छ । राप्रपाका १५ सांसदले संशोधन प्रस्तावको विपक्षमा रहँदै छुट्टै भेला गर्दै आएका छन् । यस्तो अवस्थामा राप्रपा महाभियोगको कारण देखाउँदै सरकारबाट बाहिरिएको हो ।

यस्तो थियो राप्रपाको निर्णय
रातो पाटी बाट 


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget