Websoft University

www.radiomakalu.com || 021-522512


उपत्यकामा 'सुरक्षा चुनौती'

उपत्यकामा 'सुरक्षा चुनौती'

काठमाडौं, बैशाख  २२ गते  ।   काठमाडौंको नागार्जुन नगरपालिका ७ को वडाध्यक्ष पदका लागि नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिएका मदन गिरी बुधबार साँझ नयाँबजारबाट अपहरणमा पर्नुभयो । प्रहरीले बिहीबार साँझसम्म उहाँलाई अपहरणमुक्त गर्न सकेको छैन, न त अपहरणकारीलाई पक्राउ गर्न नै सकेको छ ।महानगरीय प्रहरी प्रमुख डीआईजी बमबहादुर भण्डारीले अपहृत गिरीको खोजी भइरहेको बताउनुभयो । 'अनुसन्धान र अप्रेसन दुवै तरिकाले गिरीको खोजी भइरहेको छ', उहाँले भन्नुभयो ।
वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय निर्वाचनको मिति नजिकिएसँगै उपत्यकाको सुरक्षाव्यवस्था बलियो बनाइएको बताए पनि उम्मेदवार नै अपहरणमा पर्न थालेका छन् । डीआईजी भण्डारीले उम्मेदवार धेरै हुने भएकाले निजी सुरक्षा दिन नसकिए पनि प्रहरीले सक्दो सुरक्षाव्यवस्था मिलाएको दाबी गर्नुभयो । 'अहिलेको अवस्थामा उम्मेदवार विशेषलाई सुरक्षा दिने अवस्था छैन तर उम्मेदवार बस्ने क्षेत्रलाई बढी सुरक्षा व्यवस्था मिलाइएको छ', उहाँले भन्नुभयो । यद्यपि कुनै उम्मेदवारले सुरक्षा मागे जिल्ला सुरक्षा समितिले निर्णय गरेर व्यवस्था गर्नसक्ने उहाँको भनाइ छ ।
मतदान क्षेत्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ । विकट ठाउँमा रहेका मतदान क्षेत्रलाई अति संवेदनशील मानिएको छ जहाँ सुरक्षाव्यवस्था अन्य ठाउँको भन्दा बलियो बनाइएको छ । काठमाडौंको पहाडी भाग र ललितपुरको पहाडी भाग सुरक्षाको दृष्टिकोणले संवेदनशील हुन् । निर्वाचनको विरोधमा रहेको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई पनि प्रहरीले विशेष निगरानीमा राखेको छ ।

प्रहरीले मतदानअघि, मतदानको दिन र मतदानपछि गरी तीन चरणमा सुरक्षा व्यवस्था मिलाएको छ । 'अहिले हामीले सुरक्षा जाँच तीव्र बनाएका छौं । मतदान क्षेत्र र त्यसआसपास प्रहरीले विषेष सुरक्षा योजना बनाएर काम गरिरहेको छ । ती क्षेत्रमा चेकिङ र गस्तीलाई तीव्र बनाइएको छ', उहाँले भन्नुभयो ।
निर्वाचनका लागि उपत्यकाको सुरक्षाव्यवस्थामा ६ हजार नौ सय ८० प्रहरी र चार हजार दुई सय ६८ म्यादी प्रहरी खटिनेछन् । यसबाहेक सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी पनि परिचालित हुनेछन् । मतदान केन्द्रको भित्री सुरक्षा घेरामा प्रहरी र म्यादी प्रहरी रहनेछन् ।महानगरीय प्रहरी कार्यालयले सिंहदरबार, कारागार, विमानस्थललगायत क्षेत्रमा सुरक्षा गरिरहेका प्रहरीलाई पनि निर्वाचनको समयमा परिचालन गर्ने तयारी गरिरहेको छ । उक्त समयमा तीन क्षेत्रमा सेना परिचालन हुनेछन् ।-  अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget