Websoft University

www.radiomakalu.com || 021-522512


यदि तपाई यी पाँच चिज खानुहुन्छ भने क्यान्सरसँग डराउनु पर्दैन




क्यान्सर आफैमा भयावह रोग हो । क्यान्सर जो कोहिलाई हुनसक्छ । क्यान्सर अेनकन कारणले हुनसक्छ । खानपानको कारण हुनसक्छ, प्रदूषणले हुनसक्छ, अनुवांशिक कारणले हुनसक्छ ।


क्यान्सरबाट बच्न स्वस्थ्य जीवनशैली आवश्यक हुन्छ । त्यससँगै यस्ता खानेकुरा छन्, जसले क्यान्सर प्रतिरोधी काम गर्छ । के हुन् त ति खानेकुरा ?

१. ग्रीन टी

अहिले ग्रीन टी पिउने ट्रेन्ड सुरु भएको छ । वास्तवमा यो पेयमा औषधिय गुण हुन्छ । ग्रीन टी एन्टि अक्सिडेन्टको राम्रो स्रोत हो । यसमा यसमा पलिफेनाल्स र फ्लोभोलाइड्स जस्ता तत्व पाइन्छ, जसले एन्टिअक्सिडेन्ट तयार गर्छ । यहि कारण ग्रीन टीको नियमित सेवनले क्यान्सरको संभावना कम हुन्छ । यद्यपी बजारमा जथाभावी पाइने ग्रीन टी भन्दा प्राकृतिक ढंगले उत्पादन गरिएको अग्रानिक ग्रीन टी पिउनुपर्छ ।

२. चेरी

चेरी फाइबर, भिटामिन सी र पोटासियमको राम्रो स्रोत हो । चेरीको गाढा रातो रंग एन्थोसायनिन्सको कारणले हुन्छ । यो तत्वमा एन्टिअक्सिडेन्ट हुन्छ ।

३. ब्रोकाउली, पत्ता गोभी र फूल गोभी

यसमा रहेको ग्लूकोसाइनोलेट्स खानाले आइसोथायोसाइनेट र इनडोल्समा बदलिन्छ । यो तत्वले सुन्निन कम गर्छ । शरीरभित्रको अंग सुन्निएर क्यान्सर पैदा हुन सक्छ । अतः यी सब्जीमा रहेको बीटा केरोटिन कोशिकाको आपसी संवादलाई प्रोत्साहित गर्छ, जसले असाधरण कोशिका विभाजन नियन्त्रणमा मद्दत मिल्छ ।

४. ब्लुबेरी

यस फलमा कमालको एन्टिअक्सिडेन्ट शक्ति हुन्छ । यस फलले फ्रि रेडिकल्सद्वारा डीएनएमा हुने क्षति रोक्छ । यसले मुख, स्तन, गुदा र प्रोस्टेट क्यान्सको कोशिकालाई बढ्न दिदैन ।

५. स्याउ

स्याउमा क्यूरेसटीन, एपीकेटेचिन, एन्थोसायानिन्स र ट्राइटेरपेनाइड्स जस्ता तत्व पाइन्छ, जसमा एन्टि अक्सिडेन्ट गुण भरपुर हुन्छ । यसले क्यान्सरको खतरा कम गर्छ । स्याउको बोक्रामा सर्वाधिक पोषक तत्व पाइन्छ, किनभने ८० प्रतिशत क्यूरेसटीन यसमा पाइन्छ । फोक्सो, स्तन र पेटको क्यान्सरको संभावनालाई स्याउको नियमित सेवनले रोक्छ ।

यसबाहेक स्वस्थ्य जीवनशैली, स्वस्थ्य खानपान, सक्रिय दिनचर्या, व्यायाम, योग जस्ता कुराले क्यान्सर लाग्न दिदैंन ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget