Websoft University

www.radiomakalu.com || 021-522512


कश्मीरमा भीषण अपरेसन २ दर्जन गाउँ खाली

कश्मीरमा भीषण अपरेसन २ दर्जन गाउँ खाली

          जम्मु कश्मीरको शोपिया जिल्लामा अपरेसनमा खटिएका भारतीय सुरक्षाकर्मी


भारतीय सुरक्षा बलले बिहीबार भारत प्रशासित जम्मु कश्मीरका शोपिया र पुलवामा जिल्लामा भीषण सैन्य अपरेसन सुरु गरेको छ । आतंकवादीको विरोधमा सैन्य अपरेसन गर्न सेनाले शोपिया जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ खाली गराएको पनि जानकारी दिएको छ । ती गाउँमा व्यापक रूपमा खोजी अभियान सुरु गरिएको छ ।
यस क्षेत्रमा गत वर्ष सुरक्षाकर्मीसँगको मुठभेडमा हिजबुल मुजाहिद्दिनका कमान्डर बुरहान वानी के मारिएका थिए । उनी मारिएपछि जम्मु कश्मीरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै आएका छन् । सरकारले लामो समयदेखि कफ्र्यु लगाउँदै आएको छ । निरन्तरको अशान्तिपछि सशक्त रूपमा विद्रोहीविरुद्ध अपरेसन सुरु गरिएको हो । शोपियामा आतंकवादीहरू खुलेआम घुमिरहेका भिडियो सार्वजनिक भएपछि सुरक्षाबल आक्रामक भएको हो । यस अपरेसनमा सेना, अर्धसैनिक बल र जम्मु कश्मीर प्रहरीका तीन हजार जवान सहभागी छन् ।
बुधवार राति अबेर पनि विद्रोहीले अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण गरी ५ वटा राइफल लुटेका थिए । विद्रोहीले बुधवार नै पुलवामामा २ वटा बैंकमा डकैती गरेका थिए । पुलवामाका एसपी रइस मुहम्मद भाटले प्रारम्भिक जाँचअनुसार बैंक डकैतीमा आतंकी संगठन लस्कर-ए-तैयबाको हात रहेको छ । नीहरूले मे १ तारिखमा कुलगाममा पनि बैंक लुटेका थिए । त्यस घटनामा ५ सुरक्षाकर्मी र २ जना बैंक कर्मचारीको ज्यान गएको थियो ।-एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget