Websoft University

www.radiomakalu.com || 021-522512


सबै डनलाई हिरासतमा राख्ने तयारी

सबै डनलाई हिरासतमा राख्ने तयारी

काठमाडौं,   वैशाख २७ गते ।  निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ ।काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले चक्रे मिलनलाई महाराजगन्जस्थित उनको निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि आइतबार दीपक मनाङेलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनाङेलाई सोमबार पाँच दिन थुनामा राख्ने अनुमति दिएको थियो ।
काठमाडौं प्रहरी परिसर प्रमुख छविलाल जोशीले निर्वाचन सुरक्षा दृष्टिगत गर्दै गुन्डा नाइकेहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 'निर्वाचनमा डनहरू प्रयोग हुने र शान्तिसुरक्षा खल्बलिने सम्भावनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो', एसएसपी जोशीले भन्नुभयो । पहिलो चरणको स्थानीय निर्वाचन हुन एक साताअघि प्रहरीले गुन्डा नाइके पक्राउ गर्न थालेको हो ।


महाशाखा स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ । 'हामी सबै डनको खोजी गरिरहेका छौं', स्रोतले भन्यो । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोलीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ । केही गुन्डा भने तारेखमा छुटेका छन् ।
अधिकांश गुन्डामाथि सार्वजनिक मुद्दा चलाइएको छ । पक्राउ परेकामध्ये मनाङे राप्रपा मनाङका जिल्ला अध्यक्ष हुन् । चक्रे मिलन एमाले निकट मानिन्छन् । निर्वाचनका समयमा राजनीतिक दलले गुन्डाहरू प्रयोग गर्ने र उनीहरूलाई खासगरी चन्दा असुलीमा प्रयोग गर्ने गरेका छन् । 'चुपचाप बसेका डन एक्कासि सलबलाउन थालेका छन् । उनीहरूको जमघट बढ्न थालेको छ । गुन्डा भेला पारेर हिँड्न थालेका छन्', काठमाडौं प्रहरी परिसरका एक वरिष्ठ अधिकारीले भने । गणेश लामा, राजु गोर्खाली, बाघे भनिने शुक्रबहादुर लामा, रोज राणालगायत डन प्रहरीको निगरानीमा छन् ।- अन्नपूर्ण बाट,लोकेन्द्र प्रसाईं


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget