Websoft University

www.radiomakalu.com || 021-522512


पश्चिमी वायुको प्रभावले देशैभर वर्षा


sdf

काठमाडौँ, वैशाख १८ गते  । पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भई आज देशभर बर्सात भएको छ ।
उक्त वायुको प्रभावले भारतको हरियाणाआसपास क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र र विहारदेखि उडिसासम्म न्यून चापीय रेखा विकास भएकाले त्यसको असर नेपालमा परेको मौसमविद् समीर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

“आइतबारदेखि सुरु भएको यो प्रणालीको ‘मुभमेन्ट’ पूर्वतिर गइरहेको छ, बुधबारदेखि मौसममा सुधार आउनेछ,”–उहाँले भन्नुभयो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि सुदूरपश्चिम र मध्यपश्चिममा मौसम सफा रहनेछ, भने काठमाडौँ उपत्यकालगायत मध्य र पूर्वी भेगमा बेलुकीबाट क्रमिकः सुधार आउनेछ ।

पूर्वी नेपालमा भने मङ्गलबार पनि यसको असर रहनेछ । ती क्षेत्रमा दिउँसो मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । यो प्रणाली तीन÷चार दिनदेखि रहे पनि आइतबारदेखि यसको असर नेपालमा परेको हो ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी सिमरामा १८, दाङमा १४, विराटनगरमा १० र काठमाडौँमा चार मिलिमिटर बर्सात भएको छ । अहिले काठमाडौँ उपत्यकाको तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

मौसमको वेबसाइट नै बिग्रियो

मुलुकको मौसमबारे जानकारी दिने निकाय मौसम पूर्वानुमान महाशाखाको वेबसाइट नै विगत केही दिनयता सञ्चालनमा छैन । सर्भरमा समस्या आएपछि चार दिनदेखि वेबसाइट नचलेको महाशाखाले जनाएको छ ।

महाशाखाको वेबसाइट जततउस्ररधधध।mाम।नयख।लउरधभबतजभचर मा तीन दिनसम्मको मौसम पूर्वानुमान विवरण राखिने गरिन्थ्यो थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget