Websoft University

www.radiomakalu.com || 021-522512


श्रम अधिकार सुनिश्चित होस् : राष्ट्रपति

Bidhya-Devi-Bhandari

काठमाडौँ, वैशाख १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मजदुर दिवस अर्थात् मे १ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
‘श्रमिकहरूको अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ मा  विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस मजदुर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु । ’ राष्ट्रपति कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महìवपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा  गरिएको छ ।
यसैबीच, राससका अनुसार, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रूपमा मनाइने विश्व मजदुर दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री दाहालले मजदुर दिवसको अवसरमा शुभकामना दिँदै मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रूपमा मनाइने उल्लेख गर्नुभएको छ ।
हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मनाइने गरेको विश्व मजदुर÷श्रमिक दिवसको शुभकामना व्यक्त गर्न पाउँदा आफूलाई खुसी लागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले १२८औँ मई दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी तथा कामदार वर्गलाई बधाई दिनुभएको छ ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको शुभकामना सन्देशमा स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महìवपूर्ण पक्ष हो ।”
श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्ठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ ।
मुलुकमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने क्रम बढिरहेको, स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
 प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ– “स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महìवपूर्ण माध्यमका रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि परेको म यस अवसरमा स्मरण गराउन चाहन्छु ।”

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget