Websoft University

www.radiomakalu.com || 021-522512


सुडान घोटाला प्रकरण: तीन पूर्वआईजीपी भ्रष्टाचारी ठहर, जेल सजाय



काठमाडौँ, वैशाख १८ गते । सर्वोच्च अदालतले नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिद प्रकरणमा अनियमितता पुष्टि गर्दै नेपाल प्रहरीका तीन पूर्वप्रमुखहरूलाई दोषी ठहर गरेको छ ।
महाभियोग दर्ता भएकै दिन आइतबार प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले तीन पूर्वमहानिरीक्षकलाई दोषी ठहर गरेको हो । यसअघि विशेष अदालतले सफाइ दिएका प्रहरीका थप चार उच्च अधिकारीलाई पनि सर्वोच्चले दोषी ठहर गरेको छ ।
सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीलाई भ्रष्टाचारी ठहर गरेको हो । राणालाई दुई वर्ष कैद र ५० हजार रुपियाँ जरिवाना हुने सजाय सुनाइएको छ भने गुरुङ र ठकुरीलाई एक वर्ष कैद र जनही ४० हजार रुपियाँ जरिवानाको फैसला गरिएको छ ।
विशेष अदालतले भने राणालाई १७ करोड छ लाख रुपियाँ बिगो र सोही बराबरको जरिवानासमेत तोकेको थियो । यस्तै, प्रतिवादी पूर्व प्रहरी प्रमुख गुरुङलाई अदालतले छ करोड ४८ लाख ७० हजार ७९२ रुपियाँ बिगो तथा बिगोबमोजिमको जरिवाना तोकेको थियो । गुरुङलाई अदालतले दुई वर्ष कैदको सजाय सुनाएको थियो ।
प्रहरीका पूर्व महानिरीक्षक ठकुरीलाई विशेषले दुई वर्ष कैदको सजाय सुनाएको थियो । चन्दसँग अदालतले चार करोड ८५ लाख ४४ हजार ३८८ रुपियाँ बिगो जफत हुने आदेश गरेको थियो । उनलाई बिगोबमोजिमको जरिवानासमेत हुने विशेषको ठहर थियो । तर, सर्वोच्चले ठकुरी र गुरुङलाई एक ÷एक वर्ष कैद पनि घटाएको छ । जरिवानाको हकमा तीनै प्रतिवादीको सर्वाेच्चले घटाएको हो ।
अदालतले ठेकेदार मूल कम्पनी एस्योर्डलाई २८ करोड ४० लाख १६ हजार ६०७ रुपियाँ शोधभर्ना हुने आदेश गरेको छ । यस्तै, कम्पनीको नेपाल साझेदार भगवती ट्रेडर्सबाट दामासाहीमा आधा रकम प्रहरी कल्याणकारी कोषमा भराउने आदेश गरेको छ । मूल कम्पनीलाई ठहर गरेअनुसार प्रतिवादी शम्भु भारतीलाई विशेष अदालतले १४ करोड २० लाख आठ हजार तीन रुपियाँ जरिवाना र मूल कम्पनीलाई ठहरेको आधा बिगोसमेत भराउने आदेश दिएको थियो । भारतीलाई एक वर्ष कैदसमेत सर्वोच्चले तोकेको छ ।
संयुक्त इजलासले यसअघि विशेष अदालतबाट सफाइ पाएका प्रहरी अधिकारी श्यामसिंह थापा र दीपक सिंह थाङ्देनलाई एक÷एक वर्ष कैद र जनही ४०÷४० हजार रुपियाँ जरिवाना तोकेको छ । यसअघि विशेष अदालतले थापा र थाङ्देनलाई सफाइ दिएको थियो । यस्तै अदालतले प्रहरी अधिकारी रविप्रताप राणा र दीपककुमार श्रेष्ठलाई पनि कैद र जरिवानाको सजाय तोकेको छ । अदालतले राणा र श्रेष्ठलाई जनही छ महिना कैद र ३० हजार रुपियाँ जरिवाना तोकेको छ । अन्य आरोपितलाई भने सफाइ दिइएको सर्वाेच्च अदालतले जनाएको छ ।- नारायण काफ्ले

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget