Websoft University

www.radiomakalu.com || 021-522512


पारसको टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि




बिराटनगर किङ्ग्सलाई ६२ रनको फराकिलो अन्तरले पराजित गर्दै पारस खड्काको टिम टिम चौराहाले धनगढी प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।


घरेलु टोली टिम चौराहाले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याएको बिराटनगर किङ्ग्सले १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९७ रन बनाउन सक्यो ।

खेल अवधिभर विराटनगरले ठूलो साझेदारी नै गर्न सकेन । उसको सबैभन्दा ठूलो साझेदारी भनेमो दोस्रो विकेटका लागि २३ रन नै रहृयो ।

उसका लागि प्रनित थापा मगरले सर्वाधिक २६ रन बनाए भने अमित श्रेष्ठले २६ रनको योगदान दिए । अन्य ब्याट्सम्यान चल्न सकेनन् । कप्तान शरद भेषावकर मात्र २ रनमा आउट भएका थिए ।

टिम चौराहाका सुशन भारीले ३ विकेट लिए भने आरिफ शेख र शौरभ खनालले २-२ विकेट लिए । रामनरेश गिरी र अलित राजबंशीको नाममा एक-एक विकेट रहृयो ।

यसअघि सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर ब्याटिङ थालेको टिम चौराहाले २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

उसको सुरुवात खराब थियो । राजु रिजाल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र ४ रन थियो । थप रन नजोड्दै अनिल मण्डल पनि आउट भए । पृथु बास्कोटा र कप्तान पारस खड्काले पारी सम्हाल्ने प्रयास गरे तर, पृथु पनि १४ रन बनाएर आउट भए ।

त्यसपछि आएका आरिफ शेख चम्किए । उनले चौथो विकेटका लागि पारससँग ४४ रनको साझेदारी गरे । पारस २९ रनमा आउट भए, जतिबेला टिम चौराहाको स्कोर ८१ रन मात्र थियो र ५ ओभर एक बल मात्र खेल बाँकी थियो ।

तर, आरिफ र अमर रौतेलाले उत्कृष्ट ब्याटिङ गर्दै टिमको स्कोर उकासे । उनीहरुले पाचौं विकेटका लागि मात्र २४ बलमा ६३ रनको साझेदारी गरे । आरिफले ३० बलमा ४ चौका र ४ छक्कासहित ५४ रन बनाए ।

अमर ३१ रनमा अजिजित रहे भने शौरभ खनालले नटआउट १४ रन बनाए ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget