Websoft University

www.radiomakalu.com || 021-522512


मधेसी मोर्चाको सहमतिसँगै राजनितिमा नयाँ अध्याय शुरु भयोः उपप्रधानमन्त्री थापा




विराटनगर, वैशाख १० गते । उपप्रधान एव स्थानीय विकासमन्त्री कमल थापाले सरकार र मधेसी मोर्चाबीच भएको सहमतिले मुलुकको राजनितिमा नयाँ अध्याय शुरु भएको बताएका छन् । शनिबार भएको सहमतिले गतिरोध अन्त्य गर्दै राजनितिक निकास दिने उनको भनाइ छ ।


आइतबार विहान बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधानमन्त्री थापाले मुलुकलाई निकास दिन सहमतिलाई सबै दलले इमान्दारीताको साथ कार्यान्वय गर्नु पर्ने बताए । यो सहमतिले आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरुपनि राष्ट्रिय राजनितको मुलधारमा ल्याउने उनले बताए ।

सरकार र मधेसी मोर्चाबीच भएको सहमतिलाई कार्यान्वयज गर्न एमालेलाई पनि साथमा लिएर अघि बढे संविधान कार्यान्वयनसँँगै शान्ति स्थायीत्व प्रजातन्त्रको सुदृढीकरण र विकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाइ छ ।

राप्रपा अध्यक्ष समेत रहेका थापाले दुई चरणमा निर्वाचन गर्दा निर्वाचन आयोगसँग परामर्श गरेर कुन प्रदेशको कुन मितिमा हुने भन्ने निर्धारण गरिने वताए ।

एक अर्को प्रसंगमा थापाले नयाँ शक्तिलगायतका दलहरुको चुनाव चिन्हका विषयमा निवाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएर व्यवहारिक रुपमा उनीहरुलाई चुनाव चिन्ह प्रदान गर्न सक्ने बताए ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget