Websoft University

www.radiomakalu.com || 021-522512


छाला चाउरिन नदिन खाने गर्नुहोस् यी फलफूल




बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? हो युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक रुपमा अगाडि बढ्नुपर्छ। यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूल जसले तपाईको छालामा चमक ल्याउँछन्।

सुन्तलाः सुन्तलामा प्रर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ। सुन्तलाको जुसले बृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउछ । छालामा भएको छिद्रालाई रोक्न सुन्तलाको जुस अनुहारमा दल्न पनि सकिन्छ। जुसले अनुहारका विमिरा, धर्सा हटाउँछ ।


स्याउःस्याउमा तपाईको छालालाई चमक दिने एक प्रकारको विशेष गुण हुन्छ। स्याउमा हुने कपर र भिटामिन सी छालालाई  चम्काउँछ । त्यस्तै छालाको लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ।

मेवाःपवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन । मेवाले तौल घटाउन र मुटुको रक्षा समेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ।  मेवाको कालो वियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ। मेवाको वियाले  कालो छालाको कोषहरुलाई हटादिन्छ।

खरबुजाः खरबुजाले तपाईको छालालाई चिसो र नरम मात्र बनाउदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरभुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

अनारःअनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ। ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ। यसले रेड ब्लड कर्पुस्केल्स (आबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ। यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिजहरु हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ।
एजेन्सी 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget